CG Electronics
IME Life
NIMB

जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो ।

जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिल कुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरेको हो ।

उत्कृष्ट फिल्ड कर्मचारी कल्पना कुमारी चौधरी, जेसन कुमार दास र चन्दन कुमार सिंहलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्य गरेबापत कार्यालय सहयोगी सविता कुमारी गोढी , प्राविधिक कर्मचारी कुन्दनकुमार सिंह, रिसेप्सनिष्ट गीता खत्रीलाई पनि पुरस्कृत गरेको हो ।

आर्थिक वर्ष २०७९–८० को उत्कृष्ट शाखा घोषित भएको अमाही, राप्ती र विराटनगर शाखालाई पनि पुरस्कृत गरेको छ । कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखामा एक हजार आठ जना कर्मचारी कार्यरत छन् । ती मध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।

उत्कृष्ट कर्मचारी र शाखालाई जीवन विकासका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, जीवन विकास लघुवित्तका वित्तीय संस्थाका अध्यक्ष बिक्रमराज सुवेदी, सञ्चालकहरु गोकर्ण खतिवडा, श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले प्रमाणपत्र तथा मेडल प्रदान गरे ।

आर्थिक वर्षको तेस्रो त्रयमासमा उत्कृष्ट कार्य गर्ने शाखाहरुलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले समाज केन्द्रित गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरे । लघुवित्त ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले देश बनाउने अभियानमा केन्द्रित हुनुपर्ने बताए ।

लघुवित्तले सामाजिक व्यवसाय गरिरहेको उल्लेख गर्दै उनले भने,‘लघुवित्त मार्फत देश बनाउने अभियानमा लाग्नुहोस्, अहिले योगदान गर्दा पछि सबैले उपलब्धि पाउँछन् ।’ वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई पनि निरन्तर अघि बढाउन आग्रह गरे । लघुवित्त विरुद्ध माफियाको समूहले निरन्तर प्रहार गरेको बताउँदै उनले सबैको प्रयासमा लघुवित्तलाई असफल बनाउने प्रयासलाई विफल बनाइएको बताए ।

जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदीले समाज परिवर्तनका लागि जीवन विकास सुरु भएको बताए । दुई वर्षयता लघुवित्त माथि निरन्तर प्रहार हुँदा लघुवित्तले आफ्नो स्थानमा उभिएर जनतालाई सेवा प्रवाह गरिरहेको बताए । ‘जीत लघुवित्तको भएको छ, सिंगो समाजले जितेको छ,’ उनले भने,‘ समाज परिवर्तनका लागि जीवन विकासले काम गरिरहेको छ, सामाजिक कर्तव्य निभाइरहेको छ ।’

जीवन विकासका सञ्चालक गोकर्ण खतिवडाले पछिल्लो केही समययता देशको वित्तीय क्षेत्र नाजुक अवस्थामा रहँदा लघुवित्तले आफ्नो स्थानबाट निरन्तर योगदान गरिरहेको बताए । ‘जीवन विकासले पहिलेकै अवस्थामा रहेर जनताको सेवा गरिरहेको छ,’उनले भने,‘उत्साहित भएर निरन्तर अघि बढ्नुहोला ।’

कार्यक्रममा लघुवित्तका सञ्चालकहरु श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले लघुवित्तले ग्रामीण अर्थतन्त्रको विकासका लागि घरदैलोमा पुगेर वित्तीय सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताए ।

जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । लघुवित्तले वित्तीय कारोबार मात्रै नभई समग्र समाजको विकासका लागि काम गरिरहेको उनले बताए ।

ग्रामीण अर्थतन्त्रको विकासका लागि निरन्तर काम गरिरहेका लघुवित्त माथि बारम्बार भएको प्रहारले जनतामा नकारात्मक सन्देश फैलिएको बताउँदै उनले नकारात्मक भ्रमलाई चिर्दै लघुवित्तलाई अझ प्रभावकारी बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...