CG Electronics
IME Life
NIMB

मकवानपुरमा पर्यटन गन्तव्य घोषणा गर्न सदनमा माग गर्दै : साँसद वर्तौला

NIMB
Himalayan Bank

 

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बोल्दै महेश वर्तौलाले उत्तरी मकवानपुरलाई पर्यटनको गन्तव्य घोषणा गर्न माग गर्नु भएको हो ।

आज शून्य समयमा बोल्दै वर्तौलाले उत्तरी मकवानपुरको दामन, पालुङ, चित्लाङ, इन्द्रसरोवर लगायतको क्षेत्रमा पर्यटनको राम्रो संभावना भएकोले सरकारले पर्यटनको गन्तव्य घोषणा गर्नुपर्ने जोड दिनु भएको हो ।

उहाले भन्नुभयो:- “मकवानपुरको उत्तरी भेगमा पर्ने चित्लाङ, मार्खु, कुलेखानी, सिमभज्याङ, दामन असाधारण पर्यटनको सभावना भएको क्षेत्र हो । नेपाल सरकारले पर्यटनलाई प्रबर्द्धन गर्ने नीति पनि अख्तियारी गरेको छ ।

पर्यटनको गन्तव्यको रुपमा चिनिएको यी स्थानहरुलाई नेपाल सरकारले देशकै पर्यटन गन्तव्यको रुपमा घोषणा गरि पर्यटन प्रबर्द्धन कार्यक्रम र बिकासको प्रक्रियाहरु अगाडि बढाउनको लागि म नेपाल सरकार संग माग गर्दछु ।”

वर्तौलाले संसदमा बोल्दै सभामुख र प्रतिनिधि सभाका साँसदहरुलाई चित्लाङ, मार्खुमा लोकल माछा खाँदै इन्द्रसरोवरको तालमा डुंगा खेलेर चित्लाङको होमस्टेमा आराम गर्न निम्तो सहित अनुरोध समेत गर्नुभयो ।

उनले यस् अघि देखि नै थाहालाई केन्द्रमा राखेर इन्द्रसरोवर, भीमफेदी सहित कैलाशको केही भेग समेटेर उत्तरी मकवानपुरको पर्यटन विकासको लागि पहल गर्दै आइरहनु भएको छ ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...