CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकद्वारा ऋणीहरूका लागि जरिवानामा शत प्रतिशत छुट दिने

NIMB
Himalayan Bank

 

२३ जेठ, काठमाडौँ । एनआईसी एशिया बैंकले नारा अनुसार नै आफूलाई व्यवहारमा अब्बल बनाउँदै लगेको छ । ग्राहकमैत्री नारा बनाएर सर्वसधारणको पहुँचमा बैंकको सेवा विस्तारमा आक्रम बनेको एनआईसी एशियाले भाखा नाघेका ऋणीहरूका लागि केही आकर्षक अफरहरू दिएको छ ।

बुधबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा एनआईसीले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न भाखा नाघेका ऋणीहरूका लागि नयाँ अफर सार्वजनिक गरेको जनाएको छ ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट दिने निर्णय गरेको छ ।

बैंकले गरेको नयाँ निर्णय अनुसार भाखा नाघेका ऋणीहरूले साधार व्याजमा समेत १५ देखि ३५ प्रतिशतसम्म छुट पाउनेछन । ९१ दिनदेखि १८० दिन सम्म भाखा नाघेका ऋणीले १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेका ऋणीले २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भाखा नाघेका ऋणीले ३५ प्रतिशत छुट पाउनेछन ।

बैंकले साधारण व्याजमा दिने छुट देहायको तालिकामा उल्लेख भएबमोजिम हुनेछ ।

क्र.सं. भाखा नाघेको समयावधि साधारण ब्याज रकममा छुट (प्रतिशत)

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा गरेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने प्रमुख सूचना अधिकारी समेत रहेका सहायक प्रमुख कार्यकारी खनियाले बताएका छन ।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको खनियाले बताएका छन ।

बैंकले ल्याएको छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

 

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६० फोरभी सार्वजनिक, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ

नेपालकै सबैभन्दा शक्तिशाली टीभीएस अपाचे आरटीआर १६०...

वि.सं.२०८३ असार १४ आइतवार २२:२०

काठमाडौं, २७ असार २०८३ – टीभीएस मोटर कम्पनीले नेपाली बजारमा...

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन प्रतिकार्य सुदृढ गर्ने पहल

विशाल बजारमा सार्वजनिक एईडी जडान, सामुदायिक आपतकालीन...

वि.सं.२०८३ असार १४ आइतवार २२:०६

काठमाडौँ, असार ११, २०८३ (जुन २५, २०२६) — काठमाडौँको व्यस्त...

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...