CG Electronics
IME Life
NIMB

रोजगार मेलाले श्रमिक र रोजगारदता बीचको खाडल पुर्नेछ : श्रममन्त्री

NIMB
Himalayan Bank

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बिचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् ।

बुधबार लुम्बिनी प्रदेशको वुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरेको बताएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रा्लय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपहानगरपालिका र नेपाल उद्योग परिसंघ (सिएनआई) को संयुक्त रूपमा लुम्बिनी प्रदेशमा आज देखि मेलाको शुरुवात गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रम बजारमा आएका युवाले रोजगारी नपाएर विदेश जाने अवस्थाको अन्त्य गर्न आवश्यक भएको बताएका छन् । यस खालको समस्या समाधानमा यो मेलालाई भरपूर्ण प्रयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

“यो मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुनेछ । मेलाबाट तुरून्तै यति संख्यालाई रोजगारी दिन्छौ भन्ने भन्दा पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीमा चाहेकाले कस्तो सीप चाहिँदो रहेछ भन्ने जानकारीका लागि धेरै महत्वपूर्ण हुनेछ,” उनले भने ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारका आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले यस मेलालाई रोजगारदाता र श्रमिकको सम्बन्ध विस्तारका लागि उपयोग गर्न सकिने बताए ।

यस मेलाले हाल स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि तत्काल परिणाममा नदेखिए पनि दीर्घकालसम्म राम्रो परिणाम दिने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कस्तो विषय पढेमा वा सीप सिकेमा स्वदेशमा पढेर रोजगारी पाइन्छ भन्नेमा यो मेला बढी उपयोगी हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्माले रोजगारदाता कम्पनीले स्वदेशमा दक्ष श्रमिक नपाउने ठूलो समस्या रहेको र सिक्दै गरेकोलाई दक्ष बनाएपछि विदेश पलायन हुने अवस्थाले आफूहरू समम्स्या परेको बताए । ‘

रोजगारदाताले आफूले चाहेजस्तो दक्ष जनशक्ति नपाएको र श्रमिकले आफूले चाहेजस्तो रोजगारी नपाएकाले अवस्थालाई अन्त्य गर्न यो मेलालाई शुभ संकेत दिन्छ । रोजगार दिने र रोजगारी चाहने दुबैको मिलन गराएर स्वदेशमै केही गर्ने वातावरण र्सिजना गर्न सहयोग पुग्नेछ,” उनले भने ।

लुम्बिनी प्रदेश रोजगार मेला बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (विआइसीसी) भएको छ । मेला जेठ २३ गते र २४ गते दुई दिनसम्म चल्नेछ ।

मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकूल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

लुम्बिनी प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमामाग सङ्कलन गर्न सहयोग पुग्ने बताइएको छ ।

मेलामा सहभागिताका लागि ४१ स्टल राखिएका छन । यही १७ गते कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला वागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० गते सम्पन्न हुनेछ ।

यसबीचमा श्रमधान तथा रोजगार मेला कोशी प्रदेशमा १७ र १८ गते, मधेश प्रदेशमा १९ र २० गते, गण्डकी प्रदेशमा २१ र २२ गते र लुम्बिनी प्रदेशमा २३ र २४ गते सञ्चालन भइरहेको छ ।

कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बाग्मती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन गर्ने तयारी भइरहेको छ ।

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन,...

वि.सं.२०८३ साउन ३ आइतवार १०:२२

  काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...