CG Electronics
IME Life
NIMB

नेपालकाे विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ३ को अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ । कम्फर्ट र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध हुने सेरेस थ्रीको मूल्य ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

बजेटले केही कर वृद्धि गरेको भए पनि एमएडब्लु वृद्धिले अपग्रेडेड भर्सनलाई पनि पहिलेकै मूल्यमा उपलब्ध गराएको हो । नयाँ सेरेस थ्रीको फ्रन्ट फेसियामा परिमार्जन गरिएको छ भने एलईडी डीआरएल र सेरेसको ब्याच उपलब्ध छ ।

गाडी लन्चिङ कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली बजारमा पहिले देखि नै तीन सय भन्दा बढी सेरेस गाडी गुडिरहेका बताउदै नेपाली ग्राहकलाई बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउने कुरामा कम्पनी प्रतिबद्ध रहेको बताए ।

सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सीमित नभई लक्जरी, पावर र अन–रोड तथा अफ–रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्छ । ९९ किलोवाटको मोटर पिक पावर र ५२.७ किलोवाट आवरको ब्याट्रीसँग यसले ४०५ किमी ९एनईडीसी० को उल्लेखनीय रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्छ । चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, एचडी गुणस्तरको ३६० डिग्री क्यामेरा, ड्यासक्याम, र एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएसले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ।

१८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियेरेन्सले स्थिरताको सुनिश्चित गर्दछ। गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टेयरिङ मोड प्रदान गरेको छ। साथसाथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यवस्था गरेको छ।

१०.२५ इन्चको जडान गरिएको इन्फोटेनमेन्ट स्क्रिन र ड्राइभर इन्फोटेनंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ।

यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि भएको कम्पनीको भनाइ छ ।

गत वर्षको नाडा अटो शोमा पहिलो पटक सेरेस ३ ईभी सार्वजनिक गरिएको थियो । हाल यसको अपग्रेडेड भर्सन सार्वजनिक गरिएको हो ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा फेसलिफ्ट, प्रारम्भिक मूल्य ७.३९ लाख भारु

भारतमा सार्वजनिक भयो नयाँ मारुती सुजुकी ब्रेजा...

वि.सं.२०८३ साउन १० आइतवार २१:५२

काठमाडौं । मारुती सुजुकीले भारतीय बजारमा २०२६ ब्रेजा फेसलिफ्ट आधिकारिक...

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो क्यु–०५ अब नेपाली बजारमा

चीनमा बीवाईडी र होन्डालाई उछिनेको दिपल निभो...

वि.सं.२०८३ साउन १० आइतवार २१:४१

  काठमाडौं । चिनियाँ विद्युतीय सवारी बजारमा छोटो समयमै उल्लेखनीय...

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज दिने ‘यू९’ पिकअप सार्वजनिक हुँदै

नाइमा मोबिलिटी एक्स्पोमा एमजीको ४३० किमी रेन्ज...

वि.सं.२०८३ साउन १० आइतवार २१:३१

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तार भइरहेका बेला...

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु

नेपाली बजारमा ‘विदा’को औपचारिक प्रवेश, अन्तर्राष्ट्रिय यात्रा...

वि.सं.२०८३ साउन १० आइतवार २१:०३

  काठमाडौं, साउन १०, २०८३। विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माता विदा...