BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

नयाँ ईभी भ्यान सोकोन ईसी ३६ नेपालमा सार्वजनिक

 

 

काठमाडौं । नेपाली बजारमा नयाँ ईभी भ्यान थपिएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्सले सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यानको यहि मंगलबार नेपालमा सार्वजनिक गरेको छ ।

सोकोन चीनका अधिकारीहरुको पनि उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा वृद्धि कमर्सियल भेइकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र महानायक राजेश हमालले संयुक्त रूपमा सोकोन ईसी थर्टी सिक्सका पहिलो ४१ जना ग्राहकहरूलाई चाबी हस्तान्तरण गरेका थिए । सो अवसरमा ग्राहकहरूसँगै केक काटेर शुभ अवसरको उत्सव समेत मनाइएको थियो ।

सोकोन ईसी थर्टी थ्री भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । सो ११ सिटे ईभी यात्र भ्यानले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यसको शक्तिशाली ६० किलोवाटको इलैक्ट्रिक मोटर २०० एनएम टर्क उत्पन्न गर्न सक्षम छ भने यसको अधिकतम ग्रेडेबिलिटी ४० प्रतिशत रहेको छ । यसमा जडान गरिएको ४२ किलोवाट आवरको सीएटीएल ब्याट्रीले १.३ घण्टामा २० देखि ८० प्रतिशत सम्म र २.५ घण्टामा ० देखि १०० प्रतिशत सम्म छिटो चार्ज गर्ने क्षमता राख्छ ।

१८८ एमएमको ग्राउण्ड क्लियरेन्सले यसलाई नेपाली सडकहरूको लागि उपयुक्त बनाउँछ । यसका साथै भ्यानमा एबीएस, ईबीडी, रिभर्स राडार र क्यामेरा जस्ता सुरक्षाका सुविधाहरू पनि रहेका छन्। यसमा सामान्यतया महँगो ईभीमा मात्र पाइने रिजेनेरेटिभ ब्रेकिङ प्रणालीको सुविधा पनि उपलब्ध भएको कम्पनीले बताएको छ।

भ्यानमा प्रयोग गर्न अति सजिलो टचस्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । एमएडब्ल्युु ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णुकुमार अगरवालले गुणस्तरीय अटोमोबाइल मात्र नभई सर्भिस र स्पेयर पार्ट्सलाई पनि प्राथमिकता दिएको र ग्राहकहरूको आवश्यकतालाई प्राथमिकता दिँदै उनीहरुको भरोसा जित्ने कुरामा विश्वस्त भएको बताए । उनले सोकोनसँग साझेदारी गरी नेपाली बजारमा ईसी थर्टी सिक्स लन्च गर्न पाउँदा गर्व लागेको बताउदै यो सफल हुने र ग्राहकहरुको आवश्यकताहरुलाई यसले पूरा गर्ने बताए ।

एमएडब्ल्यु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाले सोकोन ईसी थर्टी सिक्सका ४१ भ्यानहरू प्रस्तुत भएको सो ऐतिहासिक क्षणको साक्षी बन्न पाउँदा हर्षित भएको बतादै एमएडब्ल्यु वृद्धि उच्चस्तरीय सेवा, गुणस्तरीय स्पेयर पार्ट्स र ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राख्ने आफ्नो प्राथमिकतामा सधैं अटल भएको बताए ।

मूल्य सूचिको बारेमा भ्रम सिर्जना भयो कानूनी उपचारमा जान्छाैँ : गेलाल

मूल्य सूचिको बारेमा भ्रम सिर्जना भयो कानूनी...

वि.सं.२०८१ भदौ २८ शुक्रवार १४:५०

  काठमाडाैं । स्काईवेलका लागि नेपालको आधिकारिक वितरक जी मोटर्स...

सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दसैँ तिहार अफर

सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दसैँ...

वि.सं.२०८१ भदौ २५ मंगलवार २१:४२

  काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र...

हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार

हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार

वि.सं.२०८१ भदौ २५ मंगलवार २१:०२

काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले “हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार”...

नेपालमा राेयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभव

नेपालमा राेयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक...

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:१३

  काठमाण्डौ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा...

टिभिएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक

टिभिएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक

वि.सं.२०८१ भदौ २४ सोमवार ०२:२२

  काठमाडौँ । काठमाडौँ नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी...

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी...

वि.सं.२०८१ भदौ २३ आइतवार ११:३२

  काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...