CG Electronics
IME Life
NIMB

पुस्तकालय सम्बन्धी ऐन निर्माणमा पहल गर्छु : कानूनमन्त्री गिरी

NIMB
Himalayan Bank

 

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय सम्बन्धी ऐन निर्माणमा पहल गर्ने बताएका छन् ।

आज सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरुको प्रथम बागमती प्रदेश सम्मेलनमा सहभागी उनले ऐन अभावमा पुस्तकालयहरु नियमावली र निर्देशिकाबाट चलिरहेको भन्दै ऐन निर्माणको पहल गर्ने बताए ।

उनले भने, ‘अहिले पनि पुस्तकालयहरु एउटा एनजिओ सरह दर्ता भएर काम गर्नुपर्ने अवस्था छ । पुस्तकालय सम्बन्धी ऐन छैन् । नियमावली र निर्देशिकाबाट सञ्चालित छ । त्यसकारण जस्तोलाई पनि पुस्तकालय भनिएको छ । जस्तो पाए त्यस्तो किताबहरु बजारमा आइरहेका छन्, त्यस सम्बन्धी पनि ऐनहरु बन्नु पर्छ । यो सबै पक्षमा छलफल गरेर कहाँ के गर्नुपर्ने हो म गर्छु, तपाइँहरुलाई विश्वास दिलाउन पनि चहान्छु ।’

यस्तै, मन्त्री गिरीले पुस्तक पढ्नेको संख्या कम हुँदै गएको चर्चा गर्दै पुस्तकालयलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए । ‘पुस्तकालयलाई समय सापेक्ष बनाउनै पर्छ । यसलाई प्रविधिमैत्री बनाउनु पर्छ । इतिहासदेखि जे जति हामीसँग उपलब्ध छन् त्यो सबै विवरणहरुलाई पुस्तकालयभित्र संरक्षण गर्ने, त्यसलाई पठनिय बनाउने, पढ्नका लागि उपयुक्त हुने हिसाबले निमार्ण गर्दै लाने काममा लाग्नु पर्छ,’ मन्त्री गिरीले भने ।

उनले सामुदायिक पुस्तकालय निर्माण र विस्तार कार्य जटिल र कठिन अभियान भएको उल्लेख गर्दै सो अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...