CG Electronics
IME Life
NIMB

मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन खुल्ला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२४’ घोषणा भएको छ । बिहीबार राजधानीको कमलादीस्थित दुईसय ५६ फिट उचाइको २२औँ तल्लामा अवस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिवन इन्टरटेनमेन्टले ‘मिसेस नेपाल वर्ल्ड’को नयाँ सेसनका लागि आवेदन खुल्ला गरिएको जानकारी दिएको हो ।

आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको ‘मिसेस नेपाल वर्ल्ड २०२४’ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताए । यसका लागि आगामी भाद्र ८ गते नयाँ बानेश्वस्थित अर्याल इन्टरनेशनल होटलमा पहिलो चरणको अडिसन गरिने झाले जानकारी दिए । ‘यस पटक हामी केहि परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौँ । जुन, महिला सशक्तीकरणका लागि उपलब्धिमूलक कार्यक्रम साबित हुनेछ’ उनले भने ।

कार्यक्रममा ‘मिसेस नेपाल वर्ल्ड २०२३’ तथा ‘मिसेस वर्ल्डकी ह्युम्यनेटेरियन अवार्ड २०२३’ विजेता पृथ्वीया थापाले यस प्रतियोगिताले विवाहित र विभिन्न पेसामा आबद्ध महिलालाई थप माथि उठ्ने मौका दिने बताइन् । उनले मिसेस नेपाल वर्ल्ड २०२३ को हैसियतले आफूले अमेरिकामा सम्पन्न मिसेस वर्ल्डमा सहभागी भएर मिसेस ह्युम्यानेटेरियनको उपाधि जित्दाको अनुभव शेयर गर्दै मिसेस नेपाल वर्ल्डमा सहभागी भएपश्चात् आफूले विभिन्न संघ संस्थामा आबद्ध भई बालबालिकाका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइन् ।

त्यस्तै एमएस नेपाल २०२३ सिता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वर्ल्ड निकै उपयोगी मञ्च भएको बताइन् ।

प्रतियोगिताका कोरियोग्राफर आश्विनी कान्त झाले मिसेस नेपाल वर्ल्डलाई यसपटक बृहत् ढंगले आयोजना गर्न लागेको बताए । ‘हामी मिसेस नेपालको विजेतालाई अमेरिकामा हुने मिसेस वर्ल्डको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पठाउँछौँ । नेपाली समुदाय र संघ संस्थाहरूसँग समन्वय र सहज वातावरण तय गर्नका लागि म केहि समय अमेरिका गएर हालै फर्किएको छु। त्यस आधारमा मिसेस वर्ल्डको यात्रा हाम्रा लागि अझै सहज हुने विश्वास लिएको छु’ उनले भने ।

प्रतियोगिताका सल्लाहकार तथा पत्रकार विदुर गिरी, डब्बु क्षेत्री, स्काई वाक टावरका प्रमुख कार्यकारी अधिकृत कविन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

आयोजक संस्थाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको छ । सम्राट शाह र रानी खरेलको संयोजनमा हुने प्रतियोगिताका लागि विभिन्न विधाका विज्ञहरूले प्रशिक्षण दिनेछन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...