CG Electronics
IME Life
NIMB

सरकारलाई असफल हुने छुट छैन, एक बर्षभित्रै ठोश परिणाम निकाल्ने योजना छ : सञ्चारमन्त्री गुरुङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

पोखरा, साउन १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको प्रष्ट बटमलाइन सुनाउनु भएको छ ।

गृहप्रदेश गण्डकीको पोखरामा नेपाल पत्रकार महासंघ कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बटमलाइन सुनाउनु भएको हो । सञ्चारमन्त्रीगुरुङले सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सवै बिकल्प सकिएपछि संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाइएको प्रष्ट पार्नुभयो ।

उहाँले वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने जानकारी पनि दिनुभयो । ‘देशलाई अघि बढाउनु छ । जनतामा छाएको निरासा चिरेर उत्साहित बनाउनु छ । त्यो गर्ने भनेको कामबाटै हो । त्यसकारण देश बनाउने अठोटसहित गठन भएको वर्तमान सरकारलाई असफल हुने छुट छैन । प्रधानमन्त्रीले पनि यस बिषयमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाइएको बताउनु भयो । ‘संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ । देशलाई अघि बढाउन मिल्नै पर्ने बाध्यात्मक अवस्थामा मात्रै दुई ठूला दल मिलेर सरकार बनाउनु पर्ने अवस्था हुन्छ । बिगतमा पनि त्यही भयो । अहिले पनि हामीले यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौं,’ एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।

उहाँले अहिलेको सरकारपनि असफल भए जनतामा चरम निरासा छाउने भएकोले कामको परिणाम ल्याउनै पर्ने अन्तिम बिकल्पमा आफूहरु रहेको बताउनु भयो । ‘यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ । जनतामा बाँकी रहेको आत्मबल पनि सकिन्छ । त्यसैले अहिले रमाउने होइन, काम गरेर परिणाम दिने हो भन्ने साझा अठोट प्रधानमन्त्रीले गराउनु भएको छ,’ सञ्चारमन्त्री गुरुङको भनाई थियो ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने खाका पनि सुनाउनु भयो ।

यस्तै उहाँले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने जानकारी दिनुभयो । सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने पनि मन्त्री गुरुङको भनाइ थियो ।

‘अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ’, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।’

मन्त्री गुरुङले दूरसञ्चार सेवालाई थप गुणस्तरीय बनाइने तथा सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्ने जानकारी पनि दिनुभयो । यस्तै उहाँले आफू नाम लेखाउन मात्र आएको नभई एक बर्षभित्र ठोश परिणाम ल्याउने प्रतिवद्धतासहित सहयोग र सहकार्यका लागि मिडियादेखि सूचना प्रविधि क्षेत्रका सवै सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो ।

गुरुङ सञ्चारमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेश गण्डकी आउनु भएको हो । गृहजिल्ला लमजुङ जाने क्रममा पोखरा आउनु भएका सञ्चारमन्त्री गुरुङसँग पत्रकार महासंघले पत्रकार भेटघाटको आयोजना गरी आफ्नो समस्यासमेत सुनाएको छ ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...