CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

सरकारले जनताका सबैखाले निराशालाई चिर्नेछ : मन्त्री भण्डारी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनताका निराशाहरुको अन्त्य गरि आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरु सहजीकरण गरि जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको बताए ।

विशिष्ट परिस्थीतिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरुलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको उनको भनाई छ । उनले नेपालको उद्यमसिलता र औद्योगिक क्षेत्रको विकास गर्नमा आफुले ध्यान केन्द्रीत गरेको बताए ।

उनले सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने बताए ।

विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा अहिले देशैभर र भारत, अमेरिका लगायतका देशहरुमा समेत मनाउन थालेपनि यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने,‘गौरापर्व विगतमा कम व्यक्तिहरुले मनाउदा साँघुरो बाटोमा सिमित थियो । तर अहिले राजमार्गका रुपमा परिणत भएको छ ।

यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएपनि यसको सांस्कृतिक महत्व र मौलिक तत्वहरुको विस्तार गर्नु जरुरी छ । गौरापर्वको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु जुरुरी छ ।

पर्वको महत्व, गरिमा र सान्दर्भिकता देखाउन सकेमा मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिनेछ । त्यो तहमा पर्वको अध्ययन हुनु जरुरी छ । हाम्रो परिचान र संस्कृतिको विस्तारमा सबैले लाग्नुपर्नेछ । जसका लागि सुदूरपश्चिमका सांस्कृतिक क्षेत्रका प्राज्ञिक व्याक्तित्वहरुले मुख्य भुमिका निर्वाह गर्नु जरुरी छ ।’

सुदूरपश्चिम समाज काठमाण्डौँले आफ्नो १५ औँ साधारणसभाका अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा ‘सुदूरकी सोराई गोःरा बिशेष’ पुस्तकको विमोचन गरिएको छ ।

उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ बिशेष गौरापर्वका बिषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डाः हरिदत्त पाण्डेयले बताए

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:५५

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक काठमाडौं । सञ्चालनमा रहेका २०...