Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सरकारले जनताका सबैखाले निराशालाई चिर्नेछ : मन्त्री भण्डारी

kumari  bank

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनताका निराशाहरुको अन्त्य गरि आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरु सहजीकरण गरि जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको बताए ।

विशिष्ट परिस्थीतिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरुलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको उनको भनाई छ । उनले नेपालको उद्यमसिलता र औद्योगिक क्षेत्रको विकास गर्नमा आफुले ध्यान केन्द्रीत गरेको बताए ।

उनले सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने बताए ।

विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा अहिले देशैभर र भारत, अमेरिका लगायतका देशहरुमा समेत मनाउन थालेपनि यसको मौलिक स्वरुपको विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने,‘गौरापर्व विगतमा कम व्यक्तिहरुले मनाउदा साँघुरो बाटोमा सिमित थियो । तर अहिले राजमार्गका रुपमा परिणत भएको छ ।

यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएपनि यसको सांस्कृतिक महत्व र मौलिक तत्वहरुको विस्तार गर्नु जरुरी छ । गौरापर्वको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु जुरुरी छ ।

पर्वको महत्व, गरिमा र सान्दर्भिकता देखाउन सकेमा मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिनेछ । त्यो तहमा पर्वको अध्ययन हुनु जरुरी छ । हाम्रो परिचान र संस्कृतिको विस्तारमा सबैले लाग्नुपर्नेछ । जसका लागि सुदूरपश्चिमका सांस्कृतिक क्षेत्रका प्राज्ञिक व्याक्तित्वहरुले मुख्य भुमिका निर्वाह गर्नु जरुरी छ ।’

सुदूरपश्चिम समाज काठमाण्डौँले आफ्नो १५ औँ साधारणसभाका अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा ‘सुदूरकी सोराई गोःरा बिशेष’ पुस्तकको विमोचन गरिएको छ ।

उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ बिशेष गौरापर्वका बिषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डाः हरिदत्त पाण्डेयले बताए

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...