CG Electronics
IME Life
NIMB

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई बेस्ट बैंकसहित ३ वटा उपाधि जिते

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित ३ वटा उपाधि जितेको छ ।

इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कन्क्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट बेस्ट बैंकसहित बेस्ट पर्फमेन्स अन प्रोेफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुँदै उपाधि जित्न सफल भएको हो ।

अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । शुक्रबार नयाँ दिल्लीमा आयोजित समारोहमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए ।

नेपालबाटै एनआईसी एसिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट ‘सम्पत्ति व्यवस्थापन’ क्याटोगोरीमा अवार्ड जितेका छन् ।

इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो । अहिले दोस्रोपटक पहिलोपटक जितेका दुई विधा संगै प्रमुख विधा बेस्ट बैंक अवार्ड समेत जितेर बैंकले आफूलाई थप उत्कृष्ट र अब्बल सावित गरेको छ ।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा,प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।

बैंकले यसअघि न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ। स्थापनाकालदेखि नै इथिकल बैकिङको मूल्य मान्यतामा आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले निरन्तर अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको उचाइ थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक,कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ’, पौडेलले भने ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले शहरी क्षेत्रसंगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु¥याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको र सूचना प्रविधको विकसित युग सुहाउँदो डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाईको बैंक बन्न सफल भएको बताए ।

शाइन रेसुंगा बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...