Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई बेस्ट बैंकसहित ३ वटा उपाधि जिते

Machhapuchchhre Bank Limited

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित ३ वटा उपाधि जितेको छ ।

इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कन्क्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट बेस्ट बैंकसहित बेस्ट पर्फमेन्स अन प्रोेफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि उत्कृष्ट हुँदै उपाधि जित्न सफल भएको हो ।

अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरु भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । शुक्रबार नयाँ दिल्लीमा आयोजित समारोहमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए ।

नेपालबाटै एनआईसी एसिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शीर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट ‘सम्पत्ति व्यवस्थापन’ क्याटोगोरीमा अवार्ड जितेका छन् ।

इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न सुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुँदै अवार्ड जितेको थियो । अहिले दोस्रोपटक पहिलोपटक जितेका दुई विधा संगै प्रमुख विधा बेस्ट बैंक अवार्ड समेत जितेर बैंकले आफूलाई थप उत्कृष्ट र अब्बल सावित गरेको छ ।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा,प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।

बैंकले यसअघि न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ। स्थापनाकालदेखि नै इथिकल बैकिङको मूल्य मान्यतामा आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले निरन्तर अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न सफल भएको र यसबाट बैंकको उचाइ थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक,कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ’, पौडेलले भने ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले शहरी क्षेत्रसंगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुच पु¥याउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको र सूचना प्रविधको विकसित युग सुहाउँदो डिजिटल बैकिङलाई प्राथमिकता दिएर अगाडि बढेकाले विकास बैंकहरुमा अग्रणी र सेवाग्राहीको रोजाईको बैंक बन्न सफल भएको बताए ।

शाइन रेसुंगा बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटीएम सञ्चालनमा छन् ।

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

सिद्धार्थ बैंकले मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम...

वि.सं.२०८१ माघ २८ सोमवार ००:२४

  काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशमा विप्रेषण प्रापक...

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द इयर’ अवार्ड २०२५ प्रदान

एमएडब्लू अर्थ मुभर्सलाई जेसीबीको ‘डिलर अफ द...

वि.सं.२०८१ माघ २७ आइतवार २३:५१

  काठमाडौं । जेसीबी इक्यूपमेन्ट्स नेपालका आधिकारिक वितरक एमएडब्लू अर्थ...

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड जित्यो

सन नेपाल लाइफ इन्स्योरेन्सले तीन अन्तर्राष्ट्रिय अवार्ड...

वि.सं.२०८१ माघ २६ शनिवार ०९:४७

  काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजित ICC...

नेपाल बीमा संघको २२औं र २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्वले गरे शपथ

नेपाल बीमा संघको २२औं र २३औं वार्षिक...

वि.सं.२०८१ माघ २६ शनिवार ००:३९

  काठमाडौँ । नेपाल बीमा संघको २२औं र २३औं वार्षिक...

ग्लोबल आइएमई बैंकमाथि फैलिएका अफवाहप्रति रेमिटर्स एसोसिएसनको आपत्ति, कानूनी कारबाहीको माग

ग्लोबल आइएमई बैंकमाथि फैलिएका अफवाहप्रति रेमिटर्स एसोसिएसनको...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:५२

काठमाडौं । ग्लोबल आइएमई बैंकप्रति पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका...

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन, विद्युतीय सवारीको प्रवर्द्धनमा जोड

वीरगंजमा शशीला मोटर्सको नयाँ विक्री केन्द्र उद्घाटन,...

वि.सं.२०८१ माघ २५ शुक्रवार २२:१९

  काठमाडौँ । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री...