Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै सम्पन्न नाडा अटो शो २०२४ मा विशेष चर्चा पाएको सीएफमोटोको पछिल्लो मोडल ४५० एमटीको टेस्ट राइड इभेन्ट आयोजना गर्ने घोषणा गरेको छ । भोलि शनिबार विहान ११ बजे पश्चात नक्सालस्थित सीएफमोटो शोरुममा सो इभेन्ट आयोजना हुने भएको हो ।

भर्सटाइल एड्भेन्चर टुरर सीएफमोटो ४५० एमटीले यसको अद्वितीय पर्फमेन्स र यसमा भएका एड्भान्स्ड फिचरका कारण नाडामा धेरैको ध्यान खिचेको थियो ।

४५० एमटीका साथमा सीएफमोटोको अर्को लोकप्रिय मोडल २५० एनके समेत टेस्ट राइडका लागि उपलब्ध हुनेछ ।

सम्भावित ग्राहकहरुको सहजताका लागि अन द स्पट फाइनान्स सुविधा र अन द स्पट भ्यालुएसन सुविधा समेत उपलब्ध हुनेछ । यसबाट पुराना कुनै पनि मोडलका बाइकसँग सीएफमोटो बाइक साट्न सहज हुनेछ ।

सीएफमोटो २५० एनके सिटी राइडका लागि उपयुक्त छ । यसमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले २०.५ किलोवाट पावर र २२ एनएम टर्क जेनेरेट गर्छ ।

१५८ किलोग्राम मात्र तौल भए तापनि यो बाइकमा स्लिपर क्लचका साथै सुरक्षाका लागि ड्युअल च्यानल एबीएस, सहज सूचनाका लागि एलसीडी डिस्प्ले र लामो दुरीको यात्राका लागि १२.५ लिटरको इन्धन ट्यांकी उपलब्ध छ । यसमा भएको १५० एमएम ग्राउन्ड क्लियरेन्सका कारण विभिन्न प्रकारको सडक यात्राका लागि उपयुक्त छ ।

इभेन्टको मुख्य आकर्षण सीएफमोटो ४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन छ, जसले ४४ पीएस पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । १७५ किलोग्राम तौल भएको सो एड्भेन्चर टुरर बाइक हलुका र छरितो छ ।

परिस्कृत स्थिरताको लागि यसमा रियर स्विचेबल बोसको ड्युअल च्यानल एबीएस तथा बोसकै ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) छ ।

यसमा भएको कर्भ्ड टीएफटी कलर डिस्प्लेले बाइकमा मोडर्न टच थपेको छ भने १७.५ लिटरको इन्धन ट्यांकीले लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ ।

त्यसैगरी यसमा भएको २१ इन्च र १८ इन्चको ट्युबलेस टायर सहितको अलोय ह्विलले एड्भेन्चरका लागि उपयुक्त मोडलको पहिचान कायम गरेको छ भने र मेटल तथा रबर अफरोड पेडलले जुनसुकै टेरेन्सका लागि पनि यसलाई उपयुक्त बनाएको छ ।

सीएफमोटोका विभिन्न आकर्षणहरु प्रत्यक्ष अनुभव गर्ने अवसर नछुटाउन सीएफमोटो नेपालले अनुरोध गरेको छ । एड्भेन्चर रुचाउने उत्साही वा सिटी राइडर जे भए पनि उच्च स्तरीय पर्फमेन्स र स्टाइल उपलब्ध गराउने उद्देश्यका साथ यी मोडल डिजाइन गरिएको समेत कम्पनीको भनाइ छ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...