CG Electronics
IME Life
NIMB

शनिबार काठमाडौंमा सीएफमोटो ४५०एमटी र २५०एनके टेस्ट राइड हुने, अवसर नछुटाउन आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले हालै सम्पन्न नाडा अटो शो २०२४ मा विशेष चर्चा पाएको सीएफमोटोको पछिल्लो मोडल ४५० एमटीको टेस्ट राइड इभेन्ट आयोजना गर्ने घोषणा गरेको छ । भोलि शनिबार विहान ११ बजे पश्चात नक्सालस्थित सीएफमोटो शोरुममा सो इभेन्ट आयोजना हुने भएको हो ।

भर्सटाइल एड्भेन्चर टुरर सीएफमोटो ४५० एमटीले यसको अद्वितीय पर्फमेन्स र यसमा भएका एड्भान्स्ड फिचरका कारण नाडामा धेरैको ध्यान खिचेको थियो ।

४५० एमटीका साथमा सीएफमोटोको अर्को लोकप्रिय मोडल २५० एनके समेत टेस्ट राइडका लागि उपलब्ध हुनेछ ।

सम्भावित ग्राहकहरुको सहजताका लागि अन द स्पट फाइनान्स सुविधा र अन द स्पट भ्यालुएसन सुविधा समेत उपलब्ध हुनेछ । यसबाट पुराना कुनै पनि मोडलका बाइकसँग सीएफमोटो बाइक साट्न सहज हुनेछ ।

सीएफमोटो २५० एनके सिटी राइडका लागि उपयुक्त छ । यसमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन छ, जसले २०.५ किलोवाट पावर र २२ एनएम टर्क जेनेरेट गर्छ ।

१५८ किलोग्राम मात्र तौल भए तापनि यो बाइकमा स्लिपर क्लचका साथै सुरक्षाका लागि ड्युअल च्यानल एबीएस, सहज सूचनाका लागि एलसीडी डिस्प्ले र लामो दुरीको यात्राका लागि १२.५ लिटरको इन्धन ट्यांकी उपलब्ध छ । यसमा भएको १५० एमएम ग्राउन्ड क्लियरेन्सका कारण विभिन्न प्रकारको सडक यात्राका लागि उपयुक्त छ ।

इभेन्टको मुख्य आकर्षण सीएफमोटो ४५० एमटीमा ४४९.५ सीसी ट्विन सिलिन्डर इन्जिन छ, जसले ४४ पीएस पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । १७५ किलोग्राम तौल भएको सो एड्भेन्चर टुरर बाइक हलुका र छरितो छ ।

परिस्कृत स्थिरताको लागि यसमा रियर स्विचेबल बोसको ड्युअल च्यानल एबीएस तथा बोसकै ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस) छ ।

यसमा भएको कर्भ्ड टीएफटी कलर डिस्प्लेले बाइकमा मोडर्न टच थपेको छ भने १७.५ लिटरको इन्धन ट्यांकीले लामो दुरीको यात्रामा पटक पटक इन्धन भर्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ ।

त्यसैगरी यसमा भएको २१ इन्च र १८ इन्चको ट्युबलेस टायर सहितको अलोय ह्विलले एड्भेन्चरका लागि उपयुक्त मोडलको पहिचान कायम गरेको छ भने र मेटल तथा रबर अफरोड पेडलले जुनसुकै टेरेन्सका लागि पनि यसलाई उपयुक्त बनाएको छ ।

सीएफमोटोका विभिन्न आकर्षणहरु प्रत्यक्ष अनुभव गर्ने अवसर नछुटाउन सीएफमोटो नेपालले अनुरोध गरेको छ । एड्भेन्चर रुचाउने उत्साही वा सिटी राइडर जे भए पनि उच्च स्तरीय पर्फमेन्स र स्टाइल उपलब्ध गराउने उद्देश्यका साथ यी मोडल डिजाइन गरिएको समेत कम्पनीको भनाइ छ ।

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

नयाँ ओमोडा ‘इ५ प्रो’ नेपाली बजारमा सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...