Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

kumari  bank

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र जटिल भू–वनौट देशको पूर्वाधार विकासको मुख्य चुनौती रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा सिएनआइले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ लाई सम्बोधन गर्दै उनले पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार गर्नु आवश्यक रहेको बताए ।

उनले भने ,‘निश्चय नै हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौं ।

भूपरिवेष्ठित अवस्थिती र जटिल भू–वनौटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीको रुपमा लिने गरिएको छ । पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न हामीले नीतिगत तथा प्रक्रियागत सुधार गर्नु आवश्यक छ ।’

उनले नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सबै प्रकारको सहजीकरण गर्न सरकार तत्पर रहेको बताए ।

वर्तमानका चुनौतिहरुको सामना गर्दै भावी सम्भावनाहरुलाई उजागर गर्न पूर्वाधार विकासको अभियानमा सरकार समाहित हुन निजी क्षेत्रको प्रभावकारी सहयोग, समन्वय, सहकार्य आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणहरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर छ ।

हामी वर्तमानका चुनौतिहरुको सामना गर्दै भावी सम्भावनाहरुलाई उजागर गर्न आफ्ना नीति, योजना एवम् कार्यक्रमहरु तय गर्दै पूर्वाधार विकासको अभियानमा समाहित हुन चाहन्छौं ।

यसका लागि निजी क्षेत्रको प्रभावकारी सहयोग, समन्वय, सहकार्य आवश्यक छ ।’

 

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...