Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कार्यवाहक प्रधानमन्त्री सिंह दिए मातहतका निकायलाई निर्देशन

 

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरुलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहतका कार्यालय प्रमुख र आयोजना प्रमुखहरुलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् । उनले जनताले अनुभूति गर्ने गरि परिणाममुखी भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले शहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालाहरुसँग समन्वय गरि काममा द्रूतता दिनुपर्ने बताए ।

‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो । टिम वर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’

सो क्रममा उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरि आउने दिनमा प्रभावकारी रुपमा काम गर्न पनि उनले आग्रह गरे ।

कार्यालय प्रमुहरुले भइरहेका कामको प्रगती विवरण र काममा भोग्नुपरेका चुनौति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराएका थिए ।
छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल विभागका प्रमुख र आयोजना प्रमुखहरुलाई नतिजामुखी हुने गरि काममा लाग्न आग्रह गरे ।

छलफलमा शहरी विकास तथा भवन निर्माण विभाग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, स्थानीय पूर्वाधार विभाग, राष्ट्रिय आवास कम्पनी लिमिटेड, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन लगायतका मन्त्रालय मातहतका विभागका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...