CG Electronics
Ncell NPL
NIMB

‘रोयल इनफिल्ड वान राइड २०२४’ सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ कार्यक्रम सम्पन्न गरेको छ।

प्रत्येक वर्ष आयोजना गरिने वान राइडमा यसपटक विश्वका ५० भन्दा बढी देशका ५०० भन्दा बढी सहरमा ३० हजारभन्दा बढी राइडरहरूले एकै साथ राइड गरेका हुन्।

वान राइड कार्यक्रम आइतबार बिहान ८ बजे रोयल इनफिल्ड सोरुम नक्सालबाट सुरू भएर गोदावरी पुगेर समापन गरिएको थियो । उक्त राइड कार्यक्रममा सहभागीहरूलाई सडक सुरक्षाका बारेमा जनचेतना दिइएको थियो।

नेपालमा काठमाडौं लगायत १७ मुख्य सहरहरू बिर्तामोड, धरान, इटहरी, राजविराज, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, टाडी, भक्तपुर, पोखरा, भैरहवा, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढीबाट ४५० जनाभन्दा धेरै राइडरहरूले सहभागी जनाए।

देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा मद्दत गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य अनुसार गोदावरीमा रहेको श्री पथ प्रदर्शक मा. वि. का सबै विद्यार्थीहरूलाई हुने गरी खेलकुद सामग्री र ५० हजार नगद सहयोग वितरण गरिएको थियो।

 

खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, अल्फा अटोमोटिभका आधिकारीहरू समेत सहभागी भएका थिए।

वान राइडमा रोयल इनफिल्डका हिमालयन ४५०, क्लासिक ३५०, मेटिआर ३५०, हिमालयन स्क्राम ४११ र हन्टर ३५० मोटरसाइकलमा १२५ भन्दा बढी सहभागी थिए।

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २१:४३

  काठमाडौं, नेपाल – १५ अप्रिल २०२६ – नेपालमा फोटोन...

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१६

  काठमाडौँ । जिली EX5 म्याक्स तथा प्रो विद्युतीय सवारी...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५ पहिलो स्थानमा

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:५७

दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, मूल्य र विशेषता सार्वजनिक

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:०४

काठमाडौं । Royal Enfieldको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...