CG Electronics
IME Life
Ncell NPL

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५ पहिलो स्थानमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ । एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा नं १ स्थान हालि गरेको हो । चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध इभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ ।

करिब एक वर्षअघि सार्वजनिक भएर ७० भन्दा बढी मुलुकमा करिब दुई लाख युनिट विक्री भइसकेको दिपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल इभी हो । नेपाली बजारमा लोभलाग्दो सफलता हासिल गरिरहेको एस०५ ले प्राप्त गरेको यो उपलब्धीले दिपलप्रतिको विश्वसनीयतालाई अझै उचाइमा पुर्याउनेछ ।

४.६२ मिटर लामो र २.८८ मिटर ह्विल भएको एस०५ प्युअर ब्याट्री इलेक्ट्रिक र (बीईभी) र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक (आरईईभी) मा उपलब्ध छ । नेपालमा यो एसयुभी ९९ किलोवाट मोटर, ५६.१ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीमा उपलब्ध छ जसले ४०५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ ।

जेडी पावरको एनईभी आईक्युएस चिनियाँ अटोमोटिभ उद्योगको सबैभन्दा विश्वसनीय गुणस्तर जाँचमध्ये पर्छ । २०२६ को जेडी पावर जाँच चीनका ८१ सहरमा ४९ ब्रान्डका एकसय ३७ मोडेलमाथि २१ हजार एकसय ७७ जना गाडी धनीहरुसँग प्रतिक्रिया लिएर बनाइएको हो । यो जाँचमा दुईदेखि ६ महिनाको स्वामित्व भएका ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । सफ्टवेयर र एडास जटिलता लगायतका कारणले चिनियाँ बजारले गुणस्तरसम्बन्धी बढ्दो चुनौतीको सामना गर्दै आएको बेला दिपल एस०५ ले बलियो इन्जिनियरिंग र उत्पादन गुणस्तरमा नं १ स्थान हासिल गरेको हो ।

यो उपलब्धीले स्टाइलिस, टेक्नोलोजी ड्रिभन र विश्वसनीय इभी खरिद गर्न चाहने नेपाली ग्राहकका लागि दिपल एस०५ निर्विकल्प उत्पादनका रुपमा स्थापित गरेको छ । नेपालमा दिपलले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको अवस्थामा हासिल भएको उपलब्धीले ब्रान्डको बढ्दो प्रतिष्ठा र आधुनिक इभी खरिदकर्ताहरुमाझ एस०५ को सफलतालाई मलजल गर्ने अपेक्षा गरिएको छ ।

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र मूल्यबृद्धिका लागि विकल्प बन्नसक्ने

यमन प्रवेश गर्यो बीवाइडी, इन्धन संकट र...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:०८

एजेन्सी । विश्व बजारमा इन्धनको संकट चुलिरहेका बेला मे महिनाको...

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेड’

बीवाईडीले ल्यायो १ हजार हर्सपावरको इलेक्ट्रिक सुपरकार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:२९

  काठमाडौं । बीवाईडीले बेइजिङ अटो शोमा आफ्नो अत्याधुनिक सुपरकार...

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार सार्वजनिक गरिने

नेपाली बजारमा एमजी एस६ ईभी आउँदै, सोमबार...

वि.सं.२०८३ वैशाख २६ शनिवार २२:४८

काठमाडौं । नेपाली अटो बजारमा नयाँ विद्युतीय एसयूभी थपिने भएको...

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन...

वि.सं.२०८३ वैशाख २३ बुधवार २१:४५

  काठमाडौँ, नेपाल - ५ मे, २०२६ - डोंगफेङ मोटरले...

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी कारोबार, ३२१ सवारी बुकिङ

चितवन अटो–शो २०२६ सम्पन्न: १ अर्बभन्दा बढी...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:४३

  काठमाडौं। चितवनमा आयोजित ‘चितवन अटो–शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको...

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स र लेबरमा आकर्षक छुट

CFMOTO नेपालद्वारा ‘मनसुन केयर क्याम्प’ सुरु, पार्ट्स...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:३७

  काठमाडौं। CFMOTO का नेपालका आधिकारिक वितरक Rishi Trade Center...