Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

‘गलत सूचना अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती’

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यो मिडिया शिखर सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुलाई ज्ञान आदानप्रदानको अवसर दिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले दुई देशको सम्बन्ध पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती, शिक्षा आदान प्रदानसम्म फैलिएको भन्दै यो सम्मेलनले सम्बन्ध विस्तारमा थप सहयोग गर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्वाधार र प्रविधिको क्षेत्रमा सहकार्यदेखि संस्कृती र शिक्षा आदान प्रदानसम्म हाम्रो सम्बन्ध फैलिएको छ । दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन समय समयमा दुई देशका उच्च स्तरिय भ्रमणहरु भईरहेको छ । आगामी दिनमा पनि यो शिलशिला अगाडि बढ्ने आशा गरेको छु । यो सम्मेलनले दुई देशका सञ्चारकर्मीहरुको लागि लाभ दिनुको साथै ज्ञान आदानप्रदानको अवसर दिने छ । नेपालका सञ्चार माध्यमहरुबीच सहयोग आदानप्रदानलाई प्रवद्र्धन गर्ने र दुई देशका नागरिकबीचको मित्रतालाई थप प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना भइरहेको हुनाले यो आफंैमा एकदमै महत्वपूर्ण छ ।’

यस्तै, उनले  चीन सरकारले नेपाललाई जलविद्युत निर्माण, सडक पूर्वाधार निर्माण, भूकम्पपछिको पुननिर्माण, कर्मचारीको क्षमता विकास, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिको विकास र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा निरन्तर रुपमा सहयोग गरिरहेको पनि बताए ।

यसको साथै, उनले स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको बताए ।

उनले भने, ‘कुनै पनि देशमा सन्तुलित विकास र सुशासन स्थापना गर्नका लागि सञ्चार माध्यमहरुले नियमित र सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । गलत सूचना, अभिव्यक्ति प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि गम्भीर चुनौती बन्दै गएको छ । स्वच्छ, जिम्मेवार पात्रकारिताको विकासलाई सरकारले आफ्नो मुख्य उद्देश्यको रुपमा राख्दै पूराना नीति कानूनलाई परिमार्जन गरि समयसापेक्ष कानून निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’

 

 

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...