Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

‘सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि सहज वातावरण निर्माण गर्छ ’

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले पर्यटन क्षेत्रको समस्या पहिचान गरि काम गर्न सहज वातावरण निर्माण गर्ने बताएका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

उनले भने,‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पु¥याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ? त्यसतर्फ लाग्नुपर्ने आवश्यक्ता छ, । पर्यटन क्षेत्रमा काम गर्दा परेको अप्ठ्यारो पहिचान गरेर सरकारले हटाउँछ । सहज रुपमा व्यवसाय गर्नसक्ने अवस्था सरकारले बनाउनेछ ।’

उनले नेपाल साहसिक पर्यटन, ट्रेकिङ, हिमाल आरोहण, स्काई ड्राइभिङका लागि आकर्षक गन्तव्य बन्दै गइरहेको भन्दै यस क्षेत्रमा नीजि क्षेत्रले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था बनाउनका लागि सरकारले ध्यान दिने पनि बताए ।

फरक सन्दर्भमा शहरी विकासमन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री सिंहले देशमा परिवारसँगै बसेर आर्थिक जीवन उकास्ने वातावरण बनाउन सरकार लागिरहेको बताए ।

अस्थिरताका कारण देशमा समस्या देखिएकैले अहिले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठुला दल मिलेर सरकार बनेको भन्दै उनले सरकार जनताको पक्षमा सशक्त रुपमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...