Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

१५ प्रकारका स्याउ उत्पादन हुने नेपालमा ९० प्रतिशत विदेशबाट आयात

काठमाडौं । नेपालमा १५ भेराइटी(प्रकार)का स्याउ उत्पादन हुने गरेको पाइएको छ । स्याउ व्यवसायीहरुका अनुसार नेपालमा चारपाँच किसिमका स्याउ मात्र उत्पादन हुने गरेको बताइएपनि हाल १५ प्रकारका उत्पादन भइरहेको हो ।

कर्णालीका हुम्ला, जुम्लालगायत, मनाङ, मुस्ताङ, बाजुरा, जाजरकोटमा स्याउ उत्पादन बढी हुने गरेको छ । किसान भेन्चरका प्रमुख राजेश कार्कीका अनुसार नेपालमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेन्ट्स, जोनाथन, फुजी, भान्स डेलिसियस, रेड गोल्ड, रेड चिफ, रेड स्पर, वेल स्पर जातका स्याउ उत्पादन हुन्छन् ।

‘मध्यम चिसोमा क्रिस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन जातका स्याउन उत्पादन हुन्छ । कम चिसोमा अन्ना, भेरिड, ट्रपिकल ब्युटी जातका स्याउ उत्पादन भइरहेको छ ।

तर चारपाँच किसिमका मात्र उत्पादन हुने भनेर प्रचार गरिनु दुखद हो,’ प्रमुख कार्कीले भने । नेपालकै उत्पादनले बजार धान्न सक्नेभएपनि सरकारले त्यसलाई महत्व नदिएको उनको बुझाइ छ ।

नेपाली बजारमा स्वदेशी उत्पादन पुग्न नसकेको उनले बताए । जुम्लाका किसान रामसिंह रावलका अनुसार सरकारले स्याउलाई प्राथमिकता नदिएको र कोल्ड स्टोर निर्माणमा ध्यान दिन सकेको छैन ।

‘चाडपर्वको समयमा हामीले नेपाली स्याउलाई काठमाडौंलगायत देशका मुख्य शहरमा पुर्याउने गरेको भएपनि धुवानीका कारण व्यवसायी मारमा पर्ने गरेका छन् । हुम्लामा २० रुपैंयाँ किलोमा पाइने स्याउ काठमाडौं पुर्याउन मात्र ८० रुपैंयाँ खर्च गर्नुपरेको छ । हुम्लाको अवस्था पनि उस्तै छ,’ रावलले भने ।

धुवानीको अभावमा सयौं किलो स्याउ कुहिने गरेको र गाइबस्तुले पनि नखाने गरेको उनले बताए । नेपाली बजारमा प्रतिदिन दुई करोड ३० लाख रुपैयाँभन्दा बढीको स्याउ बिक्री भइरहेको छ । नेपालमा स्याउ पर्याप्त उत्पादन भए पनि ९० प्रतिशत चीन र भारतबाट आयात भइरहेको पाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...