CG Electronics
IME Life
NIMB

उपभोक्ता ठग्नेलाई जोगाउन नसकिने मन्त्री भण्डारीको अडान

NIMB
Himalayan Bank

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ असोजमा गरेको बजार अनुगमनका क्रममा काठमाडौंस्थित १७ होटलमा छापा हानेर एक होटललाई तीन लाख रुपैंयाँ जरिवाना तिराएको थियो ।

उक्त कारवाहीपछि होटल व्यवसायीहरुको संगठन र उद्योग वाणिज्य संघलगायतले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कारवाही विरुद्ध ज्ञापनपत्र समेत पेस गरेका छन् ।

विहीबार व्यवसायीहरुको प्रतिनिधिमण्डल उद्योगमन्त्री दामोदर भण्डारीलाई भेट्न पुगेका थिए । उनीहरुको माग व्यापारीलाई कारवाहीबाट जोगाउन र जरिवाना गरिएको रकम फिर्ता गर्नुपर्ने सम्मको छ ।

तर उक्त प्रतिनिधिमण्डललाई मन्त्री भण्डारीले व्यापारिक क्षेत्रमा भइरहेको अनियमितता रोक्नमा साथ दिन आह्वान गरेपछि प्रतिनिधिमण्डल सहमत हुदैँ फिर्ता भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारीले व्यवसायीका संगठनलाई बजार अनुगमनमा संगै हिड्न आग्रह गर्दै व्यवसायीले गल्ती नगरेमा बजार अनुगमन नै नगर्ने समेत बताए ।

उनले भने, ‘अहिले व्यवसायी, ग्राहक, सरकारका प्रतिनिधि, जेसुकै भएपनि सबभन्दा पहिला सबै उपभोक्ता हौँ । स्वस्थकर खाद्य सामग्री उपयुक्त मुल्यमा पाउनुपर्छ । तर काठमाडौंका केहि रेस्टुरेण्टले असुल्दै आएको मूल्य अत्याधिक छ, त्यो गर्न पाइदैन् ।

२२ रुपयाँ पर्ने पानीको बोतल एकसय रुपैयाँमा विक्री गर्दा कारवाही नगरेर के गर्ने ? होटलैपिच्छै फरकफरक मुल्यसूचि रहेकाछन्, यसमा एकरुपता ल्याउनुस् , गुणस्तरिय सामग्री उचित मूल्यमा उपलब्ध गराउनुस् । अनुमगन गर्न छाडिदिन्छौँ ।

अहिले राजमार्ग क्षेत्रका होटलहरुमा गुणस्तरहीन खाना खानुपर्छ, व्यवसायीको फाइदाको लागि उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्न पाइदैँन् । उपभोक्ता ठग्ने बिषयमा सरकार मुखदर्शक बन्न सक्दैन् ।’

मन्त्री भण्डारीले व्यवसायीका संगठनहरुले उपभोक्ताको हितमा वकालत गर्न आग्रह गरे । उनले महंगी अनुसारको सुविधा होटलहरुले नदिएकोले सुधार गर्नुपर्ने बताउँदै होटलमा कामगर्ने कर्मचारीले समयमै उचित तलव नपाएको प्रयाप्त गुनासो आफुसंग आउने गरेको गरेको भन्दै सचेत गराए ।

एकै स्तरका होटल तथा रेष्टुरेण्टमा मूल्यमा पनि एकरुपता हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले पाँचतारे होटल, रेष्टुरेण्टहरु र खाजाघरहरुमा पाइने सामग्रीको स्तर हेरेर मात्रै मूल्य निर्धारण गर्नुपर्ने बताए ।

यता, व्यवसायीले गरिरहेको अनियमितताबारे पर्याप्त गुनासो आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए ।

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...