CG Electronics
IME Life
NIMB

निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडाैं। निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच बैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ।

यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट भुक्तानी तथा फर्स्यौट बिभागका प्रमुख ऋषिराम ढकालले हस्ताक्षर गरेका छन्।

पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित निओ मनि ट्रान्सफर र देश भरी २९९ वटा शाखा कार्यलय र एक्सटेन्सन काउन्टर रहेको र बिभिन्न प्रकारको बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकबीचको सम्झौता पश्चात निओ मनि ट्रान्सफरमार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलयमार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन्।

राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौतासँगै निओ मनि ट्रान्सफरले अब देशभर १५००० भन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।

निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो। विशेष गरी डिजिटल रेमिटान्सलाई प्राथमिकता दिने निओ मनि ट्रान्सफरले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिटान्स भित्र्याइ देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने गर्दछ।

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिटान्स भित्र्याउन समेत टेवा पुर्याउने जानकारी निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले दिए।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...