CG Electronics
IME Life
NIMB

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए । “हाल सेयर राइडका साथै फूड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउनेछन्, यसबाट ग्राहकलाई सहजता हुनेमा हामीले विश्वास लिएका छौँ”, उनले भने । थप गरिएका सेवाहरु हाललाई काठमाडौँ उपत्यकामा मात्र उपलब्ध हुनेछन् ।

कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुआत गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ । पठाओ एपको बजार सेक्सनभित्र किरानाको सेवा उपलब्ध हुने जनाइएको छ । पठाओ खाजा घरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ ।

बिक्रेताहरु भने पठाओ किराना र पठाओ खाजा घरमा आबद्ध हुनका लागि अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ । बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ । अर्थात् बिक्रेताले पठाओ किराना र पठाओ खाजामार्फत भएको व्यापारको कमिसनवापत कुनै शुल्क बुझाउनु नपर्ने बस्न्यात बताउँछन् ।

कम्पनीका अनुसार पठाओ किराना वा पठाओ खाजामा सहभागी हुन इच्छुक बिक्रेताले पठाओ नेपालको फोन नम्बर ०१–५९७००९९ मा सम्पर्क गर्न सक्नेछन् । त्यसपछि कम्पनीले उहाँहरुलाई दर्ता गरी ई–स्टोर बनाएर ड्यासबोर्ड उपलब्ध गराउनेछ । उक्त ड्यासबोर्डमार्फत बिक्रेताले अर्डर राख्न, रेकर्ड राख्न, बिक्रीको तथ्यांक हेर्न, सामग्रीको सूची र पसल खुल्ने समय व्यवस्थापनसम्बन्धी काम गर्न सक्नेछन् । उक्त ड्यासबोर्ड कम्पनीको रेष्टो एपबाट हेर्न र प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । डेलिभरी भने किराना या खाजा घरका कर्मचारी आफै गर्नुपर्नेछ ।

पठाओ किराना र पठाओ खाजा घर सुरुवातमा साधारण रुपमा सञ्चालन हुनेछन् तर पठाओले एक वर्षभित्र पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बनाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीले वार्षिकोत्सवका अवसरमा ग्राहकको मनोरञ्जनका लागि पठाओ गेम्स सेवा पनि ल्याएको छ । उक्त गेम्स खेल्ने ग्राहकले प्वाइन्ट्सका आधारमा गिफ्ट र पठाओका सेवामा छुट पाउन सक्नेछन् । पठाओ एपको होमपेजमार्फत कस्टमरहरूले गेम्समा जान सक्नेछन् । यी सबै सेवामार्फत ग्राहकलाई स्थानीयरुपमा इ–स्मार्ट बनाउने अपेक्षा गरिएको छ ।

हाल पठाओले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको छ ।

सन् २०१८ सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङमार्फत सेवा सुरु गरेको पठाओ नेपाल प्रालिले सन् २०१९ अगष्ट ९ देखि कार अर्थात् ट्याक्सी सेवाको सुरुआत गरेको थियो ।

 

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...