Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुन्छ  : अर्थमन्त्री

निकै ठुलो क्षति चाँही मुलुकले व्यहोर्नुपरेको छ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे ।

उनले भने, ‘निर्माण व्यवसायीहरुले सम्पन्न गरेको कामको भुक्तानि पाउनुपर्छ भनेर म मन्त्री भएर आएदेखि नै भन्दै आइरहेको छु । त्यसका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउनुपर्छ भनेर जोड दिँदै आएको छु ।

त्यसका लागि २० अर्ब जति भुक्तानि भएको पनि छ । तर यो पनि सत्य हो कि त्यो पैसाबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व पाइसकेको छैन । हामी सम्पन्न भएको कामको भुक्तानिका लागि काम गरिरहेका छौं । केही प्रक्रिया रोकिएको छैन । तपाईले भुक्तानि पाउनुहुनेछ । दशैं अगाडि नै हामी प्रयास गर्छौं । संसदले पास गरेको बजेटका लागि तपाईहरुले चिन्ता गर्नुपर्दैन ।’


निर्माण कम्पनीहरुले पाउनुपर्ने रकम धेरै र उक्त शिर्षकमा बजेट कम छुट्याएको कारण भुक्तानिमा समस्या भएको अर्थमन्त्री पौडेलको भनाइ छ । उनले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको कारणले क्षतिबाट बाहिर निकाल्न सबै पक्ष लाग्नुपर्ने बताए ।

‘अविरल वर्षापछि आएको बाढी र पहिरोले सार्वजनिक सम्पत्तिदेखि नीजि घर, खेत, जमिन र भौतिक संरचनाहरु बगाएको स्थिति छ । व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । निकै ठुलो क्षति चाँही मुलुकले व्यहोर्नुपरेको छ ।

यस्तो अवस्थामा क्षतिबाट मुलुकलाई बाहिर निकाल्नका लागि नेपाल निर्माण व्यवसायी महासंघको सहयोगको पनि अपेक्षा गर्न चाहान्छु । यसका लागि तपाईले राख्नुभएको चासो र चिन्ता र सहयोगको प्रतिबद्धताका लागि धन्यावाद समेत दिन चाहान्छु ।

तर भुक्तानि गर्नुपर्ने रकम धेरै र त्यो शीर्षकमा कम मात्र बजेट भएका कारण समस्या भएको छ । यस्तै समस्याहरुका निम्ति हामीले अरु प्रबन्ध गर्नुपर्नेछ ।’ उनको भनाई छ ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...