CG Electronics
Ncell NPL
NIMB

निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुन्छ  : अर्थमन्त्री

निकै ठुलो क्षति चाँही मुलुकले व्यहोर्नुपरेको छ

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे ।

उनले भने, ‘निर्माण व्यवसायीहरुले सम्पन्न गरेको कामको भुक्तानि पाउनुपर्छ भनेर म मन्त्री भएर आएदेखि नै भन्दै आइरहेको छु । त्यसका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउनुपर्छ भनेर जोड दिँदै आएको छु ।

त्यसका लागि २० अर्ब जति भुक्तानि भएको पनि छ । तर यो पनि सत्य हो कि त्यो पैसाबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व पाइसकेको छैन । हामी सम्पन्न भएको कामको भुक्तानिका लागि काम गरिरहेका छौं । केही प्रक्रिया रोकिएको छैन । तपाईले भुक्तानि पाउनुहुनेछ । दशैं अगाडि नै हामी प्रयास गर्छौं । संसदले पास गरेको बजेटका लागि तपाईहरुले चिन्ता गर्नुपर्दैन ।’


निर्माण कम्पनीहरुले पाउनुपर्ने रकम धेरै र उक्त शिर्षकमा बजेट कम छुट्याएको कारण भुक्तानिमा समस्या भएको अर्थमन्त्री पौडेलको भनाइ छ । उनले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको कारणले क्षतिबाट बाहिर निकाल्न सबै पक्ष लाग्नुपर्ने बताए ।

‘अविरल वर्षापछि आएको बाढी र पहिरोले सार्वजनिक सम्पत्तिदेखि नीजि घर, खेत, जमिन र भौतिक संरचनाहरु बगाएको स्थिति छ । व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । निकै ठुलो क्षति चाँही मुलुकले व्यहोर्नुपरेको छ ।

यस्तो अवस्थामा क्षतिबाट मुलुकलाई बाहिर निकाल्नका लागि नेपाल निर्माण व्यवसायी महासंघको सहयोगको पनि अपेक्षा गर्न चाहान्छु । यसका लागि तपाईले राख्नुभएको चासो र चिन्ता र सहयोगको प्रतिबद्धताका लागि धन्यावाद समेत दिन चाहान्छु ।

तर भुक्तानि गर्नुपर्ने रकम धेरै र त्यो शीर्षकमा कम मात्र बजेट भएका कारण समस्या भएको छ । यस्तै समस्याहरुका निम्ति हामीले अरु प्रबन्ध गर्नुपर्नेछ ।’ उनको भनाई छ ।

 

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...