CG Electronics
IME Life
NIMB

विपद् जोखिम न्यूनिकरण गर्न बजेट अभाव, २० अर्ब आवश्यक पर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा पूर्व तयारी गर्नको लागि सरकारको बजेटले नपुग्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित उनले राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ आवश्यक हुने भन्दै बजेटको सीमाभित्र सम्भव नभएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्तरमा पूर्वतयारी गर्नको लागि केही नभएपनि २० अर्ब रुपैयाँ चाहिन्छ । आगलागी भयो भने गतिलो दमकल छैन् । बाहिरबाट ल्याउनुपर्छ । यसबारे अर्थलाई भन्दा सिलिङ् छैन भन्ने कुरा आउँछ । गृह मन्त्रालय भित्रबाट वर्षको तीनचार करोडमात्र चालु पुँजी आउँछ । त्यो पैसाले सम्भव छैन् ।

एउटा राम्रो दमकल किन्ने हो भने पाँचदेखि ६ करोड लाग्छ । यसपाली पनि मनसुनमा पाँच सय मिटर बेलिब्रिज चाहिन्छ भनेका थियौं । त्यो महंगो हुन्छ, त्यसको पैसा घुमिरहेको छ । बजेटको सीमा भित्र सम्भव नै छैन् ।’

यस्तै, उनले प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने मात्र बढ्दो खालको जोखिमलाई घटाउन सकिने बताए ।

उनले भने, ‘विपद् महाशाखा र प्राधिकरण पनि हुँदा अन्यौलको अवस्था भयो । यसलाई नीतिगत तरिकाले मिलाउनुपर्छ । प्राधिकरणलाई रिर्फम गरेर मिलाउने हो भने प्रक्रियागत ढिलाई जुन भइरहेको छ त्यसलाई कम गर्न सक्छौ । प्राधिकरणलाई साधन, स्रोतयुक्त बनाउने हो भने बढ्दो जोखिमलाई घटाउन सकिन्छ ।’

 

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...