CG Electronics
IME Life
NIMB

पूर्वाधार विकासमा अध्ययन र डिजाइनमा समस्या देखियो : मन्त्री दाहाल

NIMB
Himalayan Bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार विकास गर्दा अध्ययन र डिजाइनमा समस्या देखिएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको छलफलमा उनले विकासका काममा अध्ययनको साथै योजना तर्जुमा पनि ठूलो समस्या देखिएको बताएका हुन् । उनले भने, ‘हाम्रो संरचनाहरु बाढीपहिरो थाम्न सक्ने छन् कि छैनन् भन्ने कुरामा अध्ययन र डिजाइनमा केही समस्या छ भन्ने देखियो । यस्तो कामहरुमा कुनै पनि सम्झौता गर्न सकिदैन ।

यसको साथै योजना तर्जुमा पनि अव्यवस्थित नै छ । योजना आयोग छ, त्यसले राम्रो योजना पनि बनाएको छ । तर योजना एकातिर काम अर्कोतिर गरिरहेका छौं । मान्यहरुको अपेक्षा योजना आयोगको योजनासँग मिल्दैँन् । योजना कार्यान्वयन गर्ने ठाँउमा अव्यवस्थित तरिकाले योजनाहरु राखिरहेको अवस्था छ ।’ यसको साथै उनले राष्ट्रिय गौरवका आयोजनामा वन ऐन लागू हुनु नहुने धारणा पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘विकासको लागि ऐनहरु पनि बाधक छन् । ऐनहरु बाधक हुनु भएन । यसका साथै वन कति चाहिने हो त्यसमा स्पष्ट हुनुपर्छ । राष्ट्रिय गौरवका आयोजनामा वन ऐन बाधक बनेको छ तर यसमा वन ऐन लागू हुनु हुदैँन् ।’ वर्तमान सरकारले आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको अवस्थामा थुप्रै अवरोधहरु आएको भन्दै सो अवस्थामा पनि लक्ष्य हासिल गर्न लागि परेको उनको भनाई छ ।

उनले भने, ‘सरकार बनेको सय दिन पूरा हुन लागेको छ । आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको अवस्थामा यसपटकको बाढी र पहिरोले थुप्रै अवरोध गरेको छ । तरपनि लक्ष्य निर्धारण गरेका छौ र लक्ष्य हासिल गर्न लागि रहेको अवस्था छ । क्षतिको पुनःनिर्माणका लागि मन्त्रालयलाई मात्र साढे १५ अर्ब जस्तो लाग्छ ।

तर पनि सय दिनको जुन लक्ष्य राखेका थियौं त्यसमा पुग्न लागेका छौ ।’ बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा र योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल भएको थियो ।

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...