CG Electronics
IME Life
NIMB

नेपाली नयाँ मोडल खोज्न ‘फेस अफ क्लासिक डायमण्ड’ को घोषणा, आजबाटै रजिस्ट्रेशन खुल्ला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको चर्चित हीरा ब्राण्ड क्लासिक डायमण्डले यसपटक पनि ‘फेस अफ क्लासिक डायण्ड’ को आयोजना गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डायमण्डका अध्यक्ष बाबुराजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डायमण्ड’ आयोजना हुने जानकारी दिए ।

उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डायमण्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डायमण्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।

यस प्रतियोगितामा सहभागी हुन आजबाट नै रजिस्ट्रेशन खुल्ला गरिएको छ । बिगतमा यो प्रतियोगिताकी बिजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफुलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी गराए । ‘क्लासिक डायमण्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रबर्द्धन गर्दै आएका छौं ।’– उनले भने ।

यो प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रवन्ध निर्देशक अमिर महर्जनले जानकारी गराए ।
‘नेपालका अडिसन पछि हामी अडिसनमा चयन भएका मोडलहरुलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिनेछौं । त्यसपछि प्रतियोगीबाट बिजेताहरु सहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डायमण्ड फेशन तथा ज्वेलरी शोमा उतार्ने छौं ।’– उनले भने ।

अमेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डायमण्डले अमेरिकामा रहेका नेपाली मोडलहरुबीच पनि आडिसन लिनेछ। सो अडिसनबाट चयन भएका मध्य दुई मोडललाई नेपाल ल्याएर ‘फेस अफ क्लासिक डायण्ड’को प्रतिस्पर्धामा उतार्ने क्लासिक डायमण्डका अमेरिका संयोजक समिर महर्जनले जानकारी गराए । ‘अरुले नेपालबाट मोडलहरुलाई अमेरिका पठाउँछन् । तर हामीले यो प्रतियोगिताको लागि दुई जना नेपाली मुलकी मोडललाई अमेरिकाबाट नेपाल पठाउँछौं।’

‘फेस अफ क्लासिक डायमण्ड’को बिजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनर अपले एक लाख रुपैयाँ र सेकेन्ड रनर अपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उनीहरुले क्लासिक डायमण्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अबसर पनि पाउने छन् । क्लासिक डायमण्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुनेछ ।

सोही कार्यक्रममा ‘फेस अफ क्लासिक डायमण्ड’ का बिजेताहरुलाई पुरस्कृत गरिनेछ । प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछिन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल माल्भिका सुब्बाले ‘फेश अफ क्लासिक डायमण्ड’ प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरुलाई यो क्षेत्रमा ल्याएको बताइन् । यो प्रतियोगिताका धेरै बिजेता तथा सहभागीहरुले मिस नेपाललगायत विभिन्न प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितेको उनले बताइन् ।

अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि ‘फेस अफ क्लासिक डायमण्ड’ प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गरिन् । करिब ६ महिनाको तयारीबाट यसले नयाँ मोडलहरुलाई निखारेर मोडलिङ क्षेत्रमा ल्याउने गरेको उनले बताइन्। अन्तर्राष्ट्रिय राष्ट्रिय मोडल सविता कार्कीले पनि ‘फेस अफ क्लासिक डायमण्ड ’सँगको अुनभव पत्रकारहरुलाई सुनाइन् ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...