CG Electronics
IME Life
NIMB

काठमाडौंमा घर जित्ने भाग्यशाली विजेता मङ्सिर १२ गते घोषणा हुने

NIMB
Himalayan Bank

 

काठमाडौं । “मेरो डिजिटल देश” अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुँदै । यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युब मा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ।

ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई प्रोत्साहन गर्ने हेतुका साथ दुई बर्ष अघि सुरु गरेको मेरो डिजिटल देश अभियानले १४ महिना अघि (असोज १, २०८०) पुन निरन्तरता पाउँदै काठमाडौंमा घर उपहार दिने विशेष योजना सार्वजनिक गरेको थियो।

सो योजना अन्तर्गत, विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीहरु मध्ये एकजना भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन । यो अवधिभर, १० जना भाग्यशाली विजेताले आफुले पठाएको रकम दोब्बर गरिसकेका छन भने ४ परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेका छन्।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भन्नुभयो, “मेरो डिजिटल देश” अभियानद्वारा हामीले देश तथा विदेशमा रहनुभएका नेपालीहरूको अनुहारमा खुसी ल्याउने सानो प्रयास गर्यौँ र यसै क्रममा हामी अहिले काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा छौ। हाम्रो यो योजनाको मुख्य उद्देश्य भनेको सहज र सुरक्षित तवरले डिजिटल माध्यमबाट तपाईंहरूले पठाउनु भएको माया घरसम्म पुर्‍याउनु हो।”

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...