Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

काठमाडौंमा घर जित्ने भाग्यशाली विजेता मङ्सिर १२ गते घोषणा हुने

 

काठमाडौं । “मेरो डिजिटल देश” अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुँदै । यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युब मा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ।

ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई प्रोत्साहन गर्ने हेतुका साथ दुई बर्ष अघि सुरु गरेको मेरो डिजिटल देश अभियानले १४ महिना अघि (असोज १, २०८०) पुन निरन्तरता पाउँदै काठमाडौंमा घर उपहार दिने विशेष योजना सार्वजनिक गरेको थियो।

सो योजना अन्तर्गत, विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीहरु मध्ये एकजना भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन । यो अवधिभर, १० जना भाग्यशाली विजेताले आफुले पठाएको रकम दोब्बर गरिसकेका छन भने ४ परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेका छन्।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले भन्नुभयो, “मेरो डिजिटल देश” अभियानद्वारा हामीले देश तथा विदेशमा रहनुभएका नेपालीहरूको अनुहारमा खुसी ल्याउने सानो प्रयास गर्यौँ र यसै क्रममा हामी अहिले काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा छौ। हाम्रो यो योजनाको मुख्य उद्देश्य भनेको सहज र सुरक्षित तवरले डिजिटल माध्यमबाट तपाईंहरूले पठाउनु भएको माया घरसम्म पुर्‍याउनु हो।”

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, नेपालभर फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार...

वि.सं.२०८२ असार ३० सोमवार १६:३८

काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

वि.सं.२०८२ असार ३० सोमवार १६:२६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी...