CG Electronics
IME Life
NIMB

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

NIMB
Himalayan Bank

 

काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो । माउण्टेन इनर्जी लिमिटेड र सीता हाइड्रो प्रा.लि.बीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक श्री अरुण कुमार केसी र सीता हाइड्रो प्रा.लि.का तर्फबाट अध्यक्ष श्री सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् । विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।

माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब माउण्टेन इनर्जीले हकप्रद शेयर निष्काशन गर्न सक्ने देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको चूक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको ‘रिटेन अर्निङ’ १ अर्ब ३३ करोड रहेको छ ।

यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ५३.९६ रुपैयाँ हुन आउँछ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५८.७७ रुपैयाँ रहेको छ । मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...