Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

बुटवल । नेपालकै चर्चित तथा ठुलो क्रिकेट लिगका रूपमा यही मङ्सिर १५ गतेदेखि नेपाल प्रिमियर लिग (एनपिएल) को खेल सुरु हुँदै छ । सो एनपिएल खेलमा रुपन्देहीबाट व्यवसायीक यात्रा सुरु गरेको हाईलाइफ फुड्स लि.काे साथ लुम्बिनी लायन्स टीमलाई रहने भएको छ । हाईलाइफ फुड्स र लुम्बिनी लायन्स बिच स्पन्सर सम्बन्धी सम्झौता भएको कम्पनीले जनाएको छ ।

लुम्बिनी क्षेत्रकै प्रतिनिधित्व गरेको टिम लुम्बिनी लायन्स सँग जोडिन पाएकाेमा हाईलाइफ फुड्सले खुसी व्यक्त गरेकाे छ । लुम्बिनी लायन्स सँग हाईलाइफको सहकार्यले नेपालमा क्रिकेट र स्वास्थ्यको लागि उत्साहको नयाँ अध्यायलाई अगाडी बढाउने विश्वास कम्पनीले लिएकाे जनाएकाे छ। लुम्बिनी लायन्स क्रिकेट टोलीलाई प्रायोजन गर्नु खेलको माध्यमबाट स्वास्थ्यलाई बढावा दिने हाम्रो समर्पणको प्रतीक हो– हाईलाइफले भनेको छ ।

हाईलाइफका हरेक उत्पादनहरू युवा र स्वास्थ्यसँग जोडिएकाले पनि युवापुस्ताले अधिक रुचाएको खेल क्रिकेट मार्फत खेलकुदसँग जोडिएको कम्पनीले बताएको हाे । हाईलाइफको व्यापारिक सुरुवात लुम्बिनी प्रदेशको रुपन्देहीबाट भएकाले पनि लुम्बिनी लायन्स टीम आफूहरूको राेजाइमा परेको कम्पनीकाे भनाइ छ।

‘हामीलाई अहिले यो अवस्था पुराउनका लागि लुम्बिनी प्रदेशका युवाहरुको धेरै साथ र सहयोग रहेको हुदा क्रिकेट मार्फत नेपाली युवाहरूलाई फिटनेस र टीमवर्कमा ऊर्जा र प्रेरणा प्रदान गर्ने लक्ष्य सहीत लुम्बिनी लायन्स संग हाईलाइफ लेजाेडीन पुगेकाे बताएको छ ।

एक विश्वसनीय नेपाली ब्रान्डको रूपमा, हाईलाइफले आफ्ना उपभोक्ताहरूको माया कमाउँदै प्रसिद्ध अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरूसँग गुणस्तरीय उत्पादनका साथ प्रतिस्पर्धा गर्दै आएको छ। रुपन्देही बाट सुरूभएकाे हाई लाइफ फुड्सका चिउरा, ओट्स, चिया पत्ति, पास्ता, चकलेट, कर्नफ्लेक्स, चक्की आटा, साेयाविन मस्यौरा, टमेटाे केचप, मुस्ली, चिया सिड लगाएतका खाद्य उत्पादनहरू नेपाल सहीत नेपाल बाहीर समेत लाेकप्रिय रहेका छन ।

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:११

  काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू...