Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

जनकपुर बोल्ट र नेपाल सेरामिकबीच सम्झौता पत्रमा हस्ताक्षर

kumari  bank

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा टीम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ ।नेपाल सेरामिक इण्डस्ट्रीले गुणस्तर र लोकप्रिय नेपोभिट टाईल्स विगत ३ वर्षदेखी उत्पादन गर्दै आएको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल शनिबारबाट सुरु हुन लागेपछि क्रिकेट क्षेत्रमा उत्साह छाएको छ । यसै क्रममा नेपोभिट टाईल्सले पनि जनकपुरको टिम जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । हस्ताक्षर समारोहमा जनकपुर बोल्ट्सका निर्देशक श्री अमित श्रेष्ठ र नेपोभिट टाईल्सका अध्यक्ष श्री शम्भु नाथ झाले सम्झौता पत्र आदन प्रदान गर्नुभएको थियो ।

समारोहमा विशिष्ट अतिथिको रुपमा पाल्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद श्री मनिस झाले नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता भव्यताको साथ सफल होस् भन्ने शुभकामना व्यक्त गर्नभयो ।

नेपोभिट टाईल्सका अध्यक्ष श्री शम्भु नाथ झा ज्युले भने , “नेपोभिट टाइलस्लाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको कुरा हो, जसले दृढ संकल्प र टिमवर्कको प्रतिनिधित्व गर्दछ । जसरी नेपोभिटले आफु बिछ्याइएके स्थानहरु को गरिमा बडाउँछ,, त्यसरी नै जनकपुर बोल्ट्सले आफ्नो कुशल प्रदशनले सफलताको शिखर चुम्न पाओस भन्ने आशा गर्दछौं । यसरीनै जनकपुर बोल्टस्का निर्देशक श्री अमित श्रेष्ठे भने, “नेपोभिट टाइलस्लाई हाम्रो डेकोर पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौ ।

यसमा थप्दै, नेपोभिट टाइलस्को निर्देशका श्री विभा झाले सप्मपुर्ण नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी भएका टिमलाई जितको शुभकामना व्यक्त गर्नभयो । अन्त्यमा नेपोभिट टाइलस्का अध्यक्ष श्री शम्भु नाथ झा र निर्देशका श्री विभा झाले, विशिष्ट अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका सभासद श्री मनिस झा, जनकपुर बोल्ट्सका निर्देशक श्री अमित श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत मङेश चौधरी लाई माला र खादा अर्पण गरी जनकपुर बोल्ट्सको सफलताका लागी शुभकामना प्रदान गर्नभयो ।

 

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा हलचल, बिचौलिया आक्रोशित

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:३७

काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको...

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले...

वि.सं.२०८२ जेठ ७ बुधवार २३:०२

  काठमाडौं । वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार...

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:४७

  काठमाडौं । बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा...

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक : महासंघ अध्यक्ष ढकाल

लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक :...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:२६

  काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले...

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१२

  काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी...

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार २१:२६

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा...