CG Electronics
IME Life
NIMB

खेलकुद मन्त्रालय चलाउन गार्हो भयो : मन्त्री चौधरी

NIMB
Himalayan Bank

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गार्हो भएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती नभएको भन्दै अघिल्लो वर्ष धेरै कम पुँजीगत खर्च भएको बताए ।

उनले भने, ‘मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गा¥हो छ । अघिल्लो वर्षको बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती छैन् । पुँजीगत हेर्ने हो भने अघिल्लो वर्षको धेरै कम पुँजीगत खर्च भएको छ ।’
यस्तै, उनले यसवर्ष पनि बजेट तीन अर्ब ५० करोड मात्र आएको भन्दै त्यही बजेटबाट कामहरु अगाडि बढेको बताए ।

उनले भने, ‘यसवर्षको बजेट हेर्ने हो भने तीन अर्ब ५० करोड मात्र छ । त्यस मध्ये पुँजीगत बजेट धेरैमा डेढ अर्ब छ । यसमा ६० करोड रुपैयाँ दशौँ राष्ट्रिय खेलकुद कर्णाली, पाँच करोड पारा खेलको लागि, ५० करोड रुपैयाँ मूलपानीको राष्ट्रिय गौरवको योजनाका लागि, २० करोड किर्तिपुर रंगशाला बनाउनका लागि, अरु साना साना बजेट छन् ।’

बैठकमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल भएको थियो भने मन्त्रीलगायत मन्त्रालयका सचिव, सदस्य सचिव र राष्ट्रिय खेलकुद परिषद्को पनि उपस्थिती रहेको थियो ।

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...