साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवद्धनमा टेवा पुर्याउदै इसेवा
Monday Dec 09, 2024
वि.सं.२०८१ मंसिर २४ सोमवार २२:४३
काठमाडौं । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले ईसेवामार्फत् नेपालका ५४ भन्दा धेरै जिल्लामा अवस्थित साना, मझौला तथा ठूला होटलहरू बुक गर्न सकिने भएको छ ।
होटलहरूदेखि लिएर ग्रामीण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिब ३ हजार ५०० भन्दा बढी होटल रहेका छन् ।
ईसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सकिने कम्पनीले जनाएको छ । ईसेवा होटल्समा बिना अग्रिम भुक्तानी साथै आवश्यकताअनुसार बुकिङ रद्द गर्न पनि सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।NAbilkumari bank
कम्पनीका अनुसार ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रूपमा सशक्त बनाउन ईसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँग विभिन्न सहकार्य गर्दै आइरहेको छ ।
यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यवसाय सञ्चालनमा पनि थप उत्साह प्रदान गरेको जनाएको छ । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको जनाएको छ ।