Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा पहिलो पटक नेपाली सीईओ नियुक्त

 

काठमाडौं । विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन्।

नेपालमा संचलनमा आएको ४० वर्षपछि चार्टर्डमा पहिलोपटक नेपालीलाई सीईओ बनाइएको हो । नेपालमा चार्टर्ड बैंक सन् १९८७ देखि संचालनमा आएको थियो ।

हालका सीईओ अरिनब घोष दस्तिदरको कार्यकाल सकिएपछि राणालाई सीईओमा नियुक्त गरिएको हो। सीईओमा नियुक्त हुनु अघि बैंकमा राणा डेपुटी सीईओको रहेका थिए। उनले अमेरिकाबाट एमबीए गरेका हुन् ।

राणाले तत्कालीन ग्रीनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । उनी सन् १९९४ देखि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा आबद्ध भएका थिए । उनले बैंकमा विभिन्न डिपार्टको नेतृत्व सम्हालेका थिए ।

राणा दिवंगत राजा वीरेन्द्र शाहका ज्वाइँ हुन्। उनको श्रीमती श्रुती राज्यलक्ष्मी शाहको दरबार हत्याकाण्डमा मृत्यु भएको थियो।

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४० सिरिज

नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि४०...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५५

  काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणीे ब्रान्ड भिभाले नवीन डिजाइन,...

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

नबिलले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:५०

सुर्खेत। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४८

काठमाडौं । “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम...

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी

स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३८

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ...

बीमा के हो ? जीवन र निर्जीवन बीमावीचको भिन्नता र महत्व बुझौँ

बीमा के हो ? जीवन र निर्जीवन...

वि.सं.२०८१ माघ १ मंगलवार १०:०८

  काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा...

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

राष्ट्रिय कृषि कम्पनीले आइपीओ जारी गर्ने

वि.सं.२०८१ माघ १ मंगलवार ०९:१२

  काठमाडौँ । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण...