Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरु भइरहेको बताएका छन् ।

मंगरबार ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा कार्यक्रममा उनले नेपाल सरकारले दिगो विकासको परिकल्पना अनुसार सम्मान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरु मार्फत सम्बोधन गरेको भन्दै त्यसलाई तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको बताए ।

उनले भने, ‘मानव अधिकारको सम्मान, संरक्षण र परिपूर्तीका लागि सरकारद्वारा विभिन्न सकारात्मक पहलहरु भइरहेका छन् । सरकारले दिगो विकासको लक्ष्य २०१५, २०३० ले परिकल्पना गरेको कोही पनि पछाडि नपरोस भन्ने मूल मर्मका साथ जनता, पृथ्वी, शान्ति र साझेदारी समृद्धिको लागि समान न्यायपूर्ण एवम सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरु मार्फत सम्बोधन गरि तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको छ ।’

यस्तै, उनले आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लाने पनि बताए ।

उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयन गर्ने कुरा सरकारले गम्भिरताका साथ लिएको छ । आयोगको भवन निर्माण कार्य ढिलाई भएको छ । आगामी वर्ष यसलाई प्राथमिकतामा राखेर अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु । आयोगको भौतिक तथा आर्थिक सुधारका लागि आवश्यक पर्ने बजेटको व्यवस्थालाई समयानुकुल परिमार्जन गर्दै लगिने छ ।’

उनले स्वतन्त्रता, समानता र मर्यादित् जीवनको लागि मानविय जीवनका आयामहरुको बृहत र सुक्ष्म अध्ययन आवश्यक भएको भन्दै त्यसको लागि मानव अधिकार आयोगमैत्री विकासको मान्यतालाई कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले आयोगको सशक्तिकरणका लागि यसको भूमिका प्रभावकारी बनाउनका लागि नेपाल सरकार सधैँ साथमा छ र साथ रहिरहने छ भन्ने विश्वास पनि दिलाएका छन् ।

 

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा

सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १४:२९

काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले...

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडको २५ औँ वार्षिक साधारण सभा...

वि.सं.२०८२ कात्तिक २५ मंगलवार २१:३०

  काठमाडौं। आइएमई लिमिटेडले मिति २०८२ कात्तिक २५ गते, मंगलबार...

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत : मन्त्री डा. शर्मा

बिमाको औषधी गुणस्तरीय नभएको भन्ने कुरा गलत...

वि.सं.२०८२ कात्तिक २४ सोमवार १८:१३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले बिमा कार्यक्रममा...