Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

चिनी पैठारी अविलम्व रोक लगाउन माग

काठमाडौं । नेपाल चिनी उद्योग संघले खुल्ला सिमानाका कारण अनाधिकृत र अनियन्त्रित रुपमा भइरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन माग गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले विदेशबाट अत्यधिक मात्रामा निकासी अनुदानका कारण घटी मूल्यमा चिनी आयात भएको कारणले समयमा नै स्वदेशी उद्योगको उत्पादन विक्री नभइ मौज्दात रहने समस्या रहेको जानकारी गराइयो ।

खुल्ला सिमानाका कारण अनाधिकृत÷अनियन्त्रित रुपमा भइरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन सम्बन्धित सरोकारवाला निकायहरुलाई माग गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ,‘विगत क्रसिष्ट सिजन २०७४÷०७५ मा समेत विदेशबाट अत्यधिक मात्रामा निकासी अनुदानका कारण घटी मूल्यमा चिनी आयात भएको कारणले समयमा नै स्वदेशी उद्योगको उत्पादन विक्री नभई मौज्दात रहन गई कृषकहरुलाई समयमा नै भुक्तानी गर्नमा गम्भिर समस्या उत्पन्न भएको छ ।

यसरी अनाधिकृत रुपमा चिनी पैठारी हुँदा शतप्रतिशत स्वदेशी कृषिजन्य उद्योगबाट उत्पादित चिनीको विक्री वितरणमा प्रतिकुल असर परी चिनी स्टक रहन जाने जसवाट कृषकहरुलाई समयमा नै उखुको मुल्य भुक्तानी गर्न, बैंङ्कहरुको साँवाव्याज तिर्न उद्योग असमर्थ हुने र आगामी क्रसिङ्ग सिजनमा समयमा नै उद्योग संचालन हुन नसक्ने जसवाट लाखौं लाख कृषकहरुको भविष्य समेत अन्यौलमा पर्नगई उखु कृषकहरु र चिनी उद्योगहरु थप संकटग्रस्त हुन जाने व्यहोरा अवगत गराउँदै यसरी खुल्ला सिमानाका कारण अनाधिकृत÷अनियन्त्रित रुपमा भैरहेको चिनीको पैठारीलाई अविलम्व रोक लगाउन सम्बन्धित सरोकारवाला निकायहरुमा यस संघ जोडदार माग गर्दछौं ।’

संघले चिनीको सरदर रिकभरी नौं प्रतिशत गत क्रसिङ्ग सिजनमा चिनीको अत्याधिक मात्रामा अनाधिकृत पैठारी भएको हुँदा चिनीको उपलव्धतामा उपयुक्त स्वदेशी माग एंव स्वदेशी उत्पादनको तथ्याङ्कवाट समेत स्पष्ट देखिएको पनि जनाएको छ ।

 

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...