Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

गरिमा क्यापिटलले पुस ७ देखि ‘गरिमा समृद्धि योजना’ निष्कासन गर्ने

 

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड योजना ‘गरिमा समृद्धि योजना’ पुस ७ गतेदेखि सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ।

यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फण्ड बिक्रीमा ल्याउनेछ। कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री गरिनेछ।

फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन अवधि पुस ७ देखि पुस ११ गतेसम्म रहेको छ। पर्याप्त आवेदन नपरेको खण्डमा अवधि पुस २१ सम्म लम्बिन सक्नेछ।

यस फण्डमा बिक्री अवधि भित्र ५० प्रतिशत अर्थात ५ करोड इकाईका लागि आवेदन परेमा इकाई बाँडफाँट गरिनेछ। तर न्यूनतम संख्यामा इकाई बिक्री नभए योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिनेछ।

फण्डको बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। १० वर्ष अवधिको यो बन्दमुखी योजनाका लागि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणाली प्रयोग गरी वा मेरो शेयरमार्फत् आवेदन दिन सक्नेछन्।

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

वि.सं.२०८२ असार २९ आइतवार १२:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक...

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट : राजधानीका करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाउने

बुटवलको अपार सफलतापछि काठमाडौंमा पनि खुल्यो करेन्ट...

वि.सं.२०८२ असार २९ आइतवार ११:३०

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो...

वि.सं.२०८२ असार २९ आइतवार ०९:४५

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण...

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे बाँडफाँट हुँदै, २ लाख ९४ हजार आवेदक भाग्यमानी बन्ने

विकास हाइड्रोपावरको आईपीओ आज बिहान ९ बजे...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३८

  काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार...

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि निष्कासन, आवेदन भदौ ४ सम्म खुला

जोशी हाईड्रोपावरको हकप्रद शेयर साउन १५ देखि...

वि.सं.२०८२ असार २९ आइतवार ०९:३२

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५...

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन

आजदेखि बुङ्गल हाइड्रोपावरको आईपीओ खुला, स्थानीय बासिन्दा...

वि.सं.२०८२ असार २९ आइतवार ०८:५४

  काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा...