Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

जीएसई ईभी नेपालमा सार्वजनिक

काठमाडौं । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ । शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जीएसई सार्वजनिक गरेको हो ।

शौर्यले प्रिमियम सेडानको रूपमा ख्याति कमाएको जेएमईभी जीएसई ईभी सार्वजनिक गरेको हो । जेएमईभी जीएसईको ब्याट्री क्षमता ४९ किलोवाट रहेको छ । यो गाडी एकपटक चार्ज गरेपछि ४२० किमीसम्म गुड्न सक्छ । यसको ग्राउन्ड क्लियरन्स १७० मिमी रहेको छ । गाडीमा रहेको प्यानोरामिक मूनरुफले यात्रालाई झन् अद्वितीय बनाउने विश्वास कम्पनीको छ ।

यसमा ३६०° एभीएम भिजुअल सिस्टम रहेको छ । जेएमईभी जीएसई अहिले ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । ग्राहकहरूले शौर्य अटोमोबाइल्सको दरबारमार्गस्थित रहेको शो-रुममा यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न सक्नेछन् ।

सार्वजनिक समारोहमा बोल्दै शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ताले भने विश्वव्यापी ईभी नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए । जिआइसी जियाङतिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (आईएमईभी) द्वारा निर्मित जीएसई ईभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो ।

सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो । सन् २०१९ मा रिनल्ट समूहले आईएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको शौर्य अटोमोबाइल्सले जनाएको छ ।

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार, एकै स्थानमा सवारीसम्बन्धी सम्पूर्ण सेवा

अभिनेता हमालले उद्घाटन गरे राजधानीको नक्सालमा ‘सि–कार,...

वि.सं.२०८२ असार २६ बिहीवार २२:४२

  काठमाडौँ । नेपालकै प्रमुख अटो हब मानिने नक्सालमा सवारीसाधनसम्बन्धी...

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट नगरेर समस्या आए बैंक जिम्मेवार नहुने

एनआईसी एशिया बैंकको आग्रह : प्यान अपडेट...

वि.सं.२०८२ असार २६ बिहीवार २२:३५

  काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र कर्मचारीहरूलाई सम्मान कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा रक्तदान र...

वि.सं.२०८२ असार २६ बिहीवार २२:२९

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव...

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा बन्द

प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१९

  काठमाडौं । प्राकृतिक विपत्तिका कारण सानिमा बैंकको टिमुरे शाखा...

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक: महासंघको राष्ट्र बैंकलाई सुझाव

निजी क्षेत्रलाई टेवा दिने मौद्रिक नीति आवश्यक:...

वि.सं.२०८२ असार २६ बिहीवार २२:१७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आर्थिक वर्ष...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको...

वि.सं.२०८२ असार २६ बिहीवार १३:०२

  काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...