CG Electronics
IME Life
NIMB

जीएसई ईभी नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ । शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जीएसई सार्वजनिक गरेको हो ।

शौर्यले प्रिमियम सेडानको रूपमा ख्याति कमाएको जेएमईभी जीएसई ईभी सार्वजनिक गरेको हो । जेएमईभी जीएसईको ब्याट्री क्षमता ४९ किलोवाट रहेको छ । यो गाडी एकपटक चार्ज गरेपछि ४२० किमीसम्म गुड्न सक्छ । यसको ग्राउन्ड क्लियरन्स १७० मिमी रहेको छ । गाडीमा रहेको प्यानोरामिक मूनरुफले यात्रालाई झन् अद्वितीय बनाउने विश्वास कम्पनीको छ ।

यसमा ३६०° एभीएम भिजुअल सिस्टम रहेको छ । जेएमईभी जीएसई अहिले ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । ग्राहकहरूले शौर्य अटोमोबाइल्सको दरबारमार्गस्थित रहेको शो-रुममा यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न सक्नेछन् ।

सार्वजनिक समारोहमा बोल्दै शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ताले भने विश्वव्यापी ईभी नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए । जिआइसी जियाङतिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (आईएमईभी) द्वारा निर्मित जीएसई ईभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो ।

सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो । सन् २०१९ मा रिनल्ट समूहले आईएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको शौर्य अटोमोबाइल्सले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...