CG Electronics
IME Life
NIMB

साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

NIMB
Himalayan Bank

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला गरेको छ।

नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रुपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुनेछ भने यो अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको छ।

बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ। हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ। यो आकर्षक अफरका कारण सुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सक्ने छन्।

बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ।

बीवाईडी एम६ मा भएका मुख्य विशेषता यस प्रकार छन् :
• अतुलनीय कम्फर्ट र स्पेस – यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ।

• पावरफुल परफर्मेन्स – यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ।

• फास्ट चार्जिङ – बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ। यसकारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ।

• एड्भान्स्ड सेफ्टी – एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ।

• टेक–फरवार्ड डिजाइन – यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ।

 

नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यमा बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको छ। कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्न सक्छ।

हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले नगद १ लाख ५० हजार छुट पाउने छन्। आगामी डिसेम्बर २४ अर्थात पुस ९ सम्मका लागि उपलब्ध यो अफरमार्फत अविश्वसनीय मूल्यमा प्रिमियम इलेक्ट्रिक एमपीभी प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ।

नेपालभर रहेका कुनै पनि शोरुम भ्रमण गरी बीवाईडी एम६ को बारेमा जानकारी लिन र यसको समग्र पक्षको बारेमा अनुभव गर्न तथा सस्टेनेबल मोबिलिटीको क्षेत्रमा हुने क्रान्तिको हिस्सा बन्न सबैमा अनुरोध गरेको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

२३ औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड भदौ...

वि.सं.२०८३ साउन ९ शनिवार १७:१४

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...