CG Electronics
IME Life
NIMB

नेपालमा ब्रिटिश काउन्सिल आईएलटीएस उपहार २०२४ को विजेता घोषणा   

NIMB
Himalayan Bank

 

काठमाडौँ- ब्रिटिश काउन्सिलको आईएलटीएस उपहार सिजन २.० का विजेताहरूलाई १० डिसेम्बर २०२४ मा एक कार्यक्रममा पुरस्कारहरूद्वारा सम्मानित गरिएको छ।

२०२३ मा आयोजित आईएलटीएस उपहारको सफलताको आधारमा, ब्रिटिश काउन्सिलले आईएलटीएस उपहार सिजन २.० यस पटककोे दोस्रो संस्करणमा आएलटिस परीक्षा दिनेहरूलाई धेरै ठूला र आर्कषक पुरस्कारहरू प्रदान गरेको छ।

सेप्टेम्बर २६ देखि नोभेम्बर ३० बीचको कुनै पनि आएलटिस परीक्षा दिने र अक्टोबर २०२४ पछि कम्प्युटर परीक्षण मितिहरूमा आईएलटीएसको लागि दर्ता गरी भुक्तानी पूरा गर्ने प्रशिक्षार्थीरू यस वर्षको प्रस्तावको लागि योग्य थिए।

ब्रिटिश काउन्सिल फेसबुक च्यानल मार्फत लक्की ड्र प्रक्रिया अन्तर्गत कुल पाँच विजेताहरूको चयन गरिएको थियो।

यस वर्ष दुई मासिक पुरस्कार विजेता र तीन बम्पर पुरस्कार विजेताहरू चयन गरिएको थियो। सेप्टेम्बर र अक्टोबरमा दर्ता भएका दुई भाग्यशाली मासिक विजेताहरूले एप्पल म्याकबुक एर प्राप्त गरेका छन्।

दुई भाग्यशाली विजेताले टर्किस एयरलाइन्स प्रायोजित युके र अमेरिकाको एकतर्फी टिकट जितेका छन् भने तेस्रो विजेताले ब्रिटिश काउन्सिलद्वारा प्रायोजित अस्ट्रेलियाको एकतर्फी टिकट जितेका छन्।

एप्पल म्याकबुक एर विजेताहरू – मिनर्भा चुनी ओङ्मु कार्की र केशव थापा
युके र अमेरिकाका लागि एकतर्फी टर्किस एयरलाइन्स टिकट विजेताहरू – क्रमशः कनिस्का पौडेल र प्रणय शाक्य
अस्ट्रेलियाको एकतर्फी टिकट विजेता – अनमोल खड्का

अभियान अवधिमा सबैभन्दा धेरै दर्ता गर्न योगदान दिने तीन शीर्ष आईएलटीएस साझेदारहरूको उत्कृष्ट प्रयासलाई पनि सम्मान गरेका छन्। प्रत्येक साझेदारलाई उनीहरूको समर्थन र आईएलटीएस प्रवर्द्धन गर्न प्रतिबद्धताको लागि प्रशंसाको प्रतीकको रूपमा आईप्याड प्रदान गरिएको थियो।

अर्बिट मेडिकल एन्ट्रेंस प्रा. लिमिटेड (ओएमई)
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)
केआइसि लर्निङ सेन्टर प्रा.लि.

कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, ‘परीक्षा दिन चाहनेहरुका लागि आगामी अवसरहरु मनाउन पाउनु सौभाग्यको कुरा हो । सरल भाषामा भन्नुपर्दा, आईएलटीएस परीक्षा मात्र होइन – यो विश्वव्यापी शिक्षा, विशेष प्रशिक्षण, र आशाजनक क्यारियरको लागी एक प्रवेश द्वारको रुपमा रहेको छ। धेरै वर्षदेखि, ब्रिटिस काउन्सिलले हाम्रा विश्वसनीय साझेदारहरू र एजेन्टहरूद्वारा समर्थित नेपालभर परीक्षाहरू गर्वका साथ प्रदान गर्दै आएको छ। सँगै, हामी युवाहरूलाई थप अध्ययन, व्यावसायिक प्रशिक्षण, वा विदेशमा क्यारियरहरू पछ्याउन सशक्त गर्दैछौं। आएलटिस उपहार अभियानका विजेताहरूलाई बधाई छ, र तपाईंले गुणस्तरीय शिक्षातर्फको यात्रामा अघि बढिरहनु भएकोमा शुभकामना ।’

प्रतिष्ठा थापा रायमाझी, परीक्षा निर्देशक, ब्रिटिस काउन्सिल नेपालले कार्यक्रममा टिप्पणी गर्दै भनिन् ‘आईएलटीएस उपहार अभियानका सबै विजेताहरूलाई बधाई! हामी आशा गर्दछौं कि यी पुरस्कारहरूले तपाईंलाई थप शिक्षाको तपाईंको सपनाहरू प्राप्त गर्न नजिक ल्याउनेछन्। नेपालमा आईईएलटीएस लाई अझ किफायती र पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं, त्यसै अनुरुप हामीले चितवन र बुटवलमा कम्प्युटर सुविधाहरू सहित हाम्रा परीक्षा केन्द्रहरू विस्तार गर्दैछौं। आजको डिजिटल संसारमा, हामी परीक्षार्थीहरूलाई कम्प्युटरमा आईएलटीएस को लागि फाइदा लिन अनुरोध गर्छौं। हाम्रा आईएलटीएस साझेदारहरूलाई यहांहरूको निरन्तर सहयोगको लागि धन्यवाद।’

आईएलटीएसको बारेमा

अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आईएलटीएस) उच्च शिक्षा र विश्वव्यापी माइग्रेसनको लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषा प्रवीणता परीक्षण हो। विश्वभर १२,००० भन्दा बढी संस्थाहरूले आईएलटीएस लाई विश्वास गर्छन्। यी संस्थाहरूमा शैक्षिक संस्थाहरू, रोजगारदाताहरू, सरकारहरू र व्यावसायिक निकायहरू समावेश छन्।  आईएलटीएस संयुक्त रूपमा ब्रिटिश काउन्सिल, आईडिपिः आईएलटीएस अस्ट्रेलिया र क्याम्ब्रिज एसेसमेन्ट अंग्रेजीको स्वामित्वमा छ।

आईईएलटीएसबारे थप जानकारी पाउनः www.ielts.org

ब्रिटिश काउन्सिलको बारेमा

ब्रिटिश काउन्सिल सांस्कृतिक सम्बन्ध एवं शैक्षिक अवसरका लागि बेलायतको अन्तर्राष्ट्रिय संगठन हो । हामीहरू बेलायत र विश्वका अन्य देशका मानिसबीच सम्बन्ध बनाएर, एक आपसमा समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिमा टेवा पुर्‍याउँछौं । हामी यो काम हाम्रो कलाकृति, संस्कृति र अंग्रेजी भाषामार्फत गर्छौं ।

यसका लागि हामीले २०० भन्दा धेरै देश र क्षेत्रसँग मिलेर काम गरिरहेका छौं । हामी विश्वका १०० भन्दा धेरै देश र क्षेत्रमा छौं । सन् २०२१-२२ मा हामी ६५ करोड मानिसमाझ पुगेका थियौं ।

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो बनाउँदै दिपल पहिलो दिनमै २० दिपल इभी डेलिभरी

महाराजगञ्जमा नयाँ सोरुम खोलेर काठमाडौंमा उपस्थिति बलियो...

वि.सं.२०८३ असार १३ शनिवार १५:१७

काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको...

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...