CG Electronics
Ncell NPL
NIMB

पोखरामा ७ करोडको लगानीमा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै : १५ देश सहभागी, यस्तो छ टिकट दर

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव नेपालमा पहिलोपटक २४ डिसेम्बर, २०२४ देखि सुरु हुँदैछ ।

पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउने विश्वासका साथ बेलुन नेपाल प्रालिले पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रिय स्तरको बेलुन महोत्सव आयोजना गर्न लागेको हो । पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्दधन गर्ने लक्ष्य राखेको बेलुन महोत्सव ९ दिनसम्म चल्ने छ ।

सात करोड बराबरको लागतमा हुन लागेको बेलुन महोत्सवमा संयुक्त राज्य अमेरिका, स्पेन लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत गरी १५ वटा देशको सहभागिता रहेको बेलुन नेपाल प्रालिका कार्यकारी निर्देशक सबिन मर्हजनले बताए । ‘लागत हाम्रो ७ करोड बराबरको छ । जसमा केही रकमा बेलुन महोत्सवका प्रायोजकहरुसँग लिएका छौं । यो नेपालको पर्यटन, हवाई पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले गरिएको हो ।’ उनले भने,‘ ४० मिनेटको बेलुन उडानमा हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खला सहित माछापुच्छ्रे र धौलागिरीका साथ पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ ।’

महर्जनका अनुसार महोत्सव अवधीभर दर्शकहरुको आकर्षणका लागि बलुन नेपालले हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ्ग पनि आयोजना गरेको छ । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ । यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ ।

महोत्सवको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन्।
महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक व्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट एलिना चौहान, कुमा सागर एण्ड ख्वप ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति दैनिक रुपमा हुनेछन् ।

महोत्सवमा जानको लागि निशुल्क रहेको छ भने बेलुन राईड, फुड स्टल तथा सांगितिक प्रस्तुतीहरुमा सहभागी हुनका लागि आयोजक बेलुन नेपालले शुल्क तोकेको छ । बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार बेलुन राईडका लागि नेपालीहरुका लागि ११ हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ । ढकालले भने, ‘महोत्सव परिसरमा छिर्नका लागि कुनै शुल्क लाग्दैन । यो निशुल्क हो । तर, फुडकोड एरिया भित्र जानको लागि एक हजार रुपैयाँ तोकिएको छ । जसमा एउटा ड्रिक्स निशुल्क रहेको छ । बेलुन राइड गर्नको लागि, कर्मसियल फ्लाईटको लागि नेपालीको लागि ११ हजार रुपैयाँ प्रतिव्यक्ति छ ।’

सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडानहरू सञ्चालन गर्दै आएको छ । यस वर्षको फेब्रुअरीमा बेलुन नेपाल प्रा. लिमिटेडले थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय बेलुन पर्वमा पनि सहभागी भएको थियो, जसले विश्वव्यापी बेलुनिङ समुदायमा कम्पनीको बढ्दो उपस्थिति देखाएको थियो ।

बेलुन राईडका लागि नेपाली पाईलटहरु अहिलेसम्म नभएकाले सबै पाईलटहरु विदेशबाट ल्याइएका छन् । बेलुन राइड सुरक्षित भएको कार्यकारी निर्देशक मर्हजनको दाबी छ । मर्हजनले भने, ‘बेलुन राईड एकदम सुरक्षित छ । हवाई उडानहरुमा बेलुन राईड सबै भन्दा सुरक्षित पनि हो । यदी भईपरि आएमा बेलुन नेपालले ३० हजार डलरसम्मको बिमा पनि दिएको छ ।’

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिवल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् । न्यू मेक्सिकोमा बार्षिक रुपमा आयोजना हुने यो बेलुन फेस्टिबलमा ५०० वटा बेलुन उडाउने गरिन्छ । हरेक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक यो फेस्टिबलमा सहभागी हुने गर्छन् ।

 

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...