Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

पोखरामा ७ करोडको लगानीमा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै : १५ देश सहभागी, यस्तो छ टिकट दर

 

 

काठमाडौं । बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव नेपालमा पहिलोपटक २४ डिसेम्बर, २०२४ देखि सुरु हुँदैछ ।

पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउने विश्वासका साथ बेलुन नेपाल प्रालिले पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रिय स्तरको बेलुन महोत्सव आयोजना गर्न लागेको हो । पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्दधन गर्ने लक्ष्य राखेको बेलुन महोत्सव ९ दिनसम्म चल्ने छ ।

सात करोड बराबरको लागतमा हुन लागेको बेलुन महोत्सवमा संयुक्त राज्य अमेरिका, स्पेन लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत गरी १५ वटा देशको सहभागिता रहेको बेलुन नेपाल प्रालिका कार्यकारी निर्देशक सबिन मर्हजनले बताए । ‘लागत हाम्रो ७ करोड बराबरको छ । जसमा केही रकमा बेलुन महोत्सवका प्रायोजकहरुसँग लिएका छौं । यो नेपालको पर्यटन, हवाई पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले गरिएको हो ।’ उनले भने,‘ ४० मिनेटको बेलुन उडानमा हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खला सहित माछापुच्छ्रे र धौलागिरीका साथ पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ ।’

महर्जनका अनुसार महोत्सव अवधीभर दर्शकहरुको आकर्षणका लागि बलुन नेपालले हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ्ग पनि आयोजना गरेको छ । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ । यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ ।

महोत्सवको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन्।
महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक व्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट एलिना चौहान, कुमा सागर एण्ड ख्वप ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति दैनिक रुपमा हुनेछन् ।

महोत्सवमा जानको लागि निशुल्क रहेको छ भने बेलुन राईड, फुड स्टल तथा सांगितिक प्रस्तुतीहरुमा सहभागी हुनका लागि आयोजक बेलुन नेपालले शुल्क तोकेको छ । बेलुन नेपालका निर्देशक विष्णु ढकालका अनुसार बेलुन राईडका लागि नेपालीहरुका लागि ११ हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ । ढकालले भने, ‘महोत्सव परिसरमा छिर्नका लागि कुनै शुल्क लाग्दैन । यो निशुल्क हो । तर, फुडकोड एरिया भित्र जानको लागि एक हजार रुपैयाँ तोकिएको छ । जसमा एउटा ड्रिक्स निशुल्क रहेको छ । बेलुन राइड गर्नको लागि, कर्मसियल फ्लाईटको लागि नेपालीको लागि ११ हजार रुपैयाँ प्रतिव्यक्ति छ ।’

सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडानहरू सञ्चालन गर्दै आएको छ । यस वर्षको फेब्रुअरीमा बेलुन नेपाल प्रा. लिमिटेडले थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय बेलुन पर्वमा पनि सहभागी भएको थियो, जसले विश्वव्यापी बेलुनिङ समुदायमा कम्पनीको बढ्दो उपस्थिति देखाएको थियो ।

बेलुन राईडका लागि नेपाली पाईलटहरु अहिलेसम्म नभएकाले सबै पाईलटहरु विदेशबाट ल्याइएका छन् । बेलुन राइड सुरक्षित भएको कार्यकारी निर्देशक मर्हजनको दाबी छ । मर्हजनले भने, ‘बेलुन राईड एकदम सुरक्षित छ । हवाई उडानहरुमा बेलुन राईड सबै भन्दा सुरक्षित पनि हो । यदी भईपरि आएमा बेलुन नेपालले ३० हजार डलरसम्मको बिमा पनि दिएको छ ।’

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिवल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन् । न्यू मेक्सिकोमा बार्षिक रुपमा आयोजना हुने यो बेलुन फेस्टिबलमा ५०० वटा बेलुन उडाउने गरिन्छ । हरेक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक यो फेस्टिबलमा सहभागी हुने गर्छन् ।

 

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ : मन्त्री भण्डारी

सीप र रोजगारीलाई जोड्ने तरिकाहरू खोज्नुपर्छ :...

वि.सं.२०८१ माघ २ बुधवार ०८:१२

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री...