CG Electronics
IME Life
NIMB

प्रधानमन्त्रीका विरुद्ध भ्रामक प्रचार, दोषी माथि कारबाही गर्न प्रेस चौतारीका महासचिवको माग

NIMB
Himalayan Bank

काठमाडौं । नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चाैतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नु भएको छ ।

नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली विरुद्ध सामाजिक सञ्जाल मार्फत अनेक खालका भ्रम फैलाउने कार्य निरन्तर भइरहेका छन् । सोही क्रममा विभिन्न ठाउँका भिडियोहरू जोडेर मंगलबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली माथि काभ्रेमा दुर्व्यवहार प्रयास भन्दै सामाजिक सञ्जालमा केहीले भ्रम फिँजाउने प्रयास गरे पछि महासचिव लामाले कारबाहीको माग गर्नु भएको हो ।

 

मंगलबार दिनभरि ललितपुर महानगरपालिकाको कार्यक्रममा रहनुभएका प्रधानमन्त्री ओली काभ्रे जानुभएको र उहाँ माथि दुर्व्यवहार प्रयास भएको भन्दै सामाजिक सञ्जाल मार्फत भ्रम फिँजाउने कोसिस भएको छ । प्रधानमन्त्री ओली मंगलबार ललितपुर महानगरपालिकाको १ सय ६ औँ स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो ।

 

प्रधानमन्त्री ओलीको आज काभ्रेमा कुनै कार्यक्रम नरहेको र उहाँ त्यहाँ नजानु भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । यसले यो कार्य उहाँ र एमाले विरुद्ध फैलाइका भ्रम हो भन्न पुष्टि भएको छ ।

प्रेस चौतारी नेपालका महासचिव काभ्रेका पत्रकार लामाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आज काभ्रेपलाञ्चोक जिल्लामा कुनै कार्यक्रम नभएको बताउनुभयो । ‘सामाजिक सञ्जालमा फैलाइएका तथ्यहीन र भ्रमपूर्ण समाचारप्रति खेद व्यक्त गर्दछु, षडयन्त्रपूर्ण ढङ्गले गलत सूचना प्रवाह गर्नेहरूउपर हदैसम्मको कानुनी कारबाहीको माग गर्दछु’, लामाले भन्नुभयो ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...