CG Electronics
IME Life
NIMB

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा डा.पराजुली र केसी नियुक्त

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा  डा. बलबहादुर पराजुली र लक्ष्मण केसी  नियुक्त हुनुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मङ्गलबार संखुवासभा मकालु गाउँपालिका–३ का डा पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्नुभएको हो ।

 

डा पराजुलीलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम विद्युत उपभोक्ता मध्येबाट र केसीलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रका विशेषज्ञता हाँसिल गरेका व्यक्तिबाट मनोनित गरिएको मन्त्री खड्काका निजी सचिव मनोज पन्थले जानकारी दिनुभयो  ।

 

मन्त्री खड्काले उहाँहरु दुवैजनालाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गर्नुभएको हो । जलस्रोत क्षेत्रमा विद्यावारिधी हाँसिल गर्नुभएका नवनियुक्त डा पराजुली प्राध्यापनका साथै जलविद्युत उत्पादन क्षेत्रमा परामर्शदाताका रुपमा लामो समयदेखि काम गर्दै आउनुभएको छ ।

 

उहाँले नेपालकै पहिलो टनेल तथा रिभर डाइभर्सन परियोजना भेरी बबई डाईभर्सनको मुख्य परामर्शदाताका रुपमा समेत काम गर्नुभएको थियो । डा पराजुलीले एशियाली विकास बैँकमा समेत परामर्शदाताका रुपमा काम गर्नुभएको थियो ।

 

डेमोक्रेटिक ईन्जिनीयर्स एशोसियशन अफ नेपाल (सिडेन)का अध्यक्षसमेत रहनुभएका केसी विगत दुई दशकदेखि विकास र ईन्जिनीयरिङ क्षेत्रमा काम गर्दै  आउनुभएको छ । संयुक्त राज्य अमेरिकाबाट सिभिल ईन्जिनीयरिङमा स्नातकोत्तर गर्नुभएका केसीले विश्व बैँकको परामर्शदाताका रुपमा काम गर्नुभएको थियो ।

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’...

वि.सं.२०८३ असार १४ आइतवार २१:५८

  काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG...

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल श्रेष्ठलाई

नेपाली युवा उद्यमी मञ्च ललितपुरको नेतृत्व अनुकूल...

वि.सं.२०८३ असार १४ आइतवार १३:१७

  ललितपुर, नेपाल — नेपाली युवा उद्यमी मञ्च (NYEF) ललितपुर...

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई दिने कार्याशाला शुरु

दिगो वन व्यवस्थापन र रेडप्लस सम्बन्धी दुई...

वि.सं.२०८३ असार १३ शनिवार १८:०८

  सिमरा, बारा । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा...

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...