Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा डा.पराजुली र केसी नियुक्त

 

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा  डा. बलबहादुर पराजुली र लक्ष्मण केसी  नियुक्त हुनुभएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मङ्गलबार संखुवासभा मकालु गाउँपालिका–३ का डा पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्नुभएको हो ।

 

डा पराजुलीलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम विद्युत उपभोक्ता मध्येबाट र केसीलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रका विशेषज्ञता हाँसिल गरेका व्यक्तिबाट मनोनित गरिएको मन्त्री खड्काका निजी सचिव मनोज पन्थले जानकारी दिनुभयो  ।

 

मन्त्री खड्काले उहाँहरु दुवैजनालाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गर्नुभएको हो । जलस्रोत क्षेत्रमा विद्यावारिधी हाँसिल गर्नुभएका नवनियुक्त डा पराजुली प्राध्यापनका साथै जलविद्युत उत्पादन क्षेत्रमा परामर्शदाताका रुपमा लामो समयदेखि काम गर्दै आउनुभएको छ ।

 

उहाँले नेपालकै पहिलो टनेल तथा रिभर डाइभर्सन परियोजना भेरी बबई डाईभर्सनको मुख्य परामर्शदाताका रुपमा समेत काम गर्नुभएको थियो । डा पराजुलीले एशियाली विकास बैँकमा समेत परामर्शदाताका रुपमा काम गर्नुभएको थियो ।

 

डेमोक्रेटिक ईन्जिनीयर्स एशोसियशन अफ नेपाल (सिडेन)का अध्यक्षसमेत रहनुभएका केसी विगत दुई दशकदेखि विकास र ईन्जिनीयरिङ क्षेत्रमा काम गर्दै  आउनुभएको छ । संयुक्त राज्य अमेरिकाबाट सिभिल ईन्जिनीयरिङमा स्नातकोत्तर गर्नुभएका केसीले विश्व बैँकको परामर्शदाताका रुपमा काम गर्नुभएको थियो ।

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला...

वि.सं.२०८२ असार ११ बुधवार ००:१३

काठमाडौं । हरित कोइलाबारे नेपालीलाई बुझाउन जरुरी छ कुबेरमणि नेपाल उर्जा...

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा...

वि.सं.२०८२ असार ११ बुधवार ००:०४

  काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण...

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य

वि.सं.२०८२ असार ११ बुधवार ००:००

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन...

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती जोखिममा, तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक छ : उपाध्यक्ष अधिकारी

बाह्य ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्ती...

वि.सं.२०८२ असार १० मंगलवार २१:४९

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले...

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने...

वि.सं.२०८२ असार १० मंगलवार १७:१६

  काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने...

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट सन्तुलित छ : प्रधानमन्त्री ओली

आलोचना र टिप्पणी जसो गरे पनि हुन्छ,बजेट...

वि.सं.२०८२ असार १० मंगलवार १७:१२

  काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी...