एफडब्लूसीएमएसको एग्रीमेन्टको नाममा खड्काद्वारा पुन सिन्डिकेटको चलखेल,मलेसियाद्वारा मेडिकलको सिन्डिकेट रद्द
![Icon Icon](https://aarthikplus.com/wp-content/themes/custom_new_theme/images/small_icon.jpg)
Wednesday Dec 18, 2024
वि.सं.२०८१ पुस ३ बुधवार २२:५१
![image image](https://aarthikplus.com/wp-content/uploads/2024/12/uk.jpg)
मलेसिया,लामो अन्योलता र लामो समयपछि मलेसिया रोजगारी पुन सिमित उद्दोगमा मात्र खुल्ला गरिएको छ । मलेसिया रोजगारी खुलेसङ्गै विभिन्न समुहहरु यस्मा खेल्न तल्लिन देखिएका छन ।
मलेसियाद्वारा मेडिकलमा गरिएको सिन्डिकेट रद्द गर्दै सुचिकृत सबै मेडिकलले स्वास्थ्य परिक्षण गर्न पाउने नया नियम लागू गरेपछी यस्मा सिन्डिकेट गर्दै आएको नेपाल स्वास्थ्य ब्याबसायी महासंघले पुन सिन्डिकेटको धन्धा चलाउन चलखेल शुरु गरेको छ ।
मलेसिया रोजगारमा लामो समयदेखि चल्दै आएको मेडिकलको सिन्डिकेटलाई निरन्तरता दिने गरि प्रयास स्वरूप भ्रम छर्ने काम हाल भईरहेको पाइएको छ ।
मलेसियाले नेपाली कामदार सहित आप्रवासी कामदारहरुको रोजगार प्रक्रियालाई व्यवस्थापन गर्न भन्दै लामो समयदेखि कार्यान्वयनमा ल्याएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) महिनौ पहिले नविकरण गरेको विषयलाई देखाएर नेपालमा ६ बर्षसम्म चलेको मेडिकल सिन्डिकेटलाई निरन्तरता दिने प्रयासमा ट्रायल गरिएको हो ।
मलेसियाको रोजगारीको शुरूवात भएसङ्गै मलेसियाको मेडिकलमा भएको सिन्डिकेट पनि मलेसिया सरकारले तोडेको जनाएको छ । अब नेपाल सरकारबाट सुचिकृत सबै स्वास्थ्य संस्थाले मलेसियामा जाने कामदारहरुको मेडिकल गर्न पाउने मलेसिया सरकार र नेपालस्थित मलेसियन दूतावासले जनाएको छ ।
मलेसियाको उक्त कदमको नेपाल वैदेशिक रोजगार ब्याबसायी संघ र मेनपावर ब्याबसायीहरुले स्वागत गरिसकेको अवस्थामा केही सिन्डिकेटधारीहरु पुन सिन्डिकेट लाद्न लागि परेका छन ।
मलेसियाको मेडिकलमा सिन्डिकेट गर्दै आएको बेस्टिनेट एसडिएन बिएचडि र नेपाल स्वास्थ्य व्यवसायी महासंघबिचको एग्रीमेन्ट गत मे महिनामा सकिएपछी उक्त सम्झौता पुन रिनो नहुने भएको छ ।
मलेसियामा प्रवेश गर्न विदेशी कामदारहरूको लागि मेडिकल परीक्षण अनिवार्य रहेको छ । हालै मलेसिया सरकार र नेपालस्थित मलेसियन दूतावासले नेपाली कामदारहरूको स्वास्थ्य परीक्षण कुनै पनि सरकारबाट मान्यता प्राप्त र विश्वासिलो स्वास्थ्य परीक्षण केन्द्रहरूबाट गर्न सकिने जनाएको छ ।
यस विषयमा मलेसियन दूतावासले नेपालका मेडिकल व्यवासयी र मेनपावर ब्याबसायीहरुसङ्ग सहकार्यको लागि आग्रह समेत गर्दै ईमेलमार्फत पत्राचार समेत गरेको थियो । योसङ्गै मलेसिया सरकारले सिन्डिकेटको सबै भ्रम तोडेको छ ।
तर सिन्डिकेटधारी नेपाल स्वास्थ्य व्यवसायी महासंघ र यस्को चौथोपटक बनेका सदाबहार अध्यक्ष कैलाश खड्का यो तोड्न राजनितिक शरणमा पुगेका छन । तेतिमात्र होईन उनले पुन सिन्डिकेट लागू भएको अफवाह पनि चलाउदै आएका छन ।
यस बिषयमा मलेसियन दूतावासले मलेसियास्थित नेपाली दूतावास या मलेसियास्थित कम्पनीको एचआर विभागसँग सम्पर्क गर्नसमेत मेडिकल व्यावसयी र मेनपावर व्यवसायीलाई आग्रह गरेको छ ।
मलेसियाको मेडिकलको नाममा ६ बर्षदेखि भैरहेको सिन्डिकेट तोडिएपछि नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का छटपटिमा परेका छन । केही दिन पहिले मलेसिया पुगेका खड्का पुन नेपालमा गएर राजनितिक दलका नेताहरुको घर दैलो चाहार्न थालेका छन ।
नेपालमा भएको मेडिकल सिन्डिकेटको कारण मलेसिया रोजगारमा जाने युवाहरुले चर्को लागत तिर्न बाध्यतासंगै मेडिकलको नाममा समेत चर्को शुल्कको भार थपिदै आएको थियो ।
सामान्यत: सस्तोमा मेडिकल गरेर मलेसिया रोजगारमा जान पाइने अवस्थालाई बिगत ६ बर्षदेखि सिन्डिकेटधारीहरुले प्रति कामदार नौ हजार ८०० अशुलिरहेका थिए । यहि मेडिकल अन्य संस्थाबाट गराउदा २००० मा हुने गरेको छ ।
यसरी मेडिकल गराउने क्रममा एकै कामदारको पटक-पटक मेडिकल गराएर कामदारलाई आर्थिक भार माथि भार थप्नेगरि रकम अशुलिदै आएको थियो ।
त्यसो त मलेसिया रोजगारको लागि मेडिकल गराउने संस्थाहरु क-कसलाई मान्यता दिने-नदिने भन्ने कुराको निर्धारण गर्ने मनोपोलीको नेतृत्व स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष कैलाश खड्काले गरेका थिए । खड्काको स्वार्थसँग जोडिएकाहरुले मात्र यो सिन्डिकेट भित्र छिरेर मलेसिया रोजगारको मेडिकल गर्दै आएको अवस्था छ ।
उनै सिन्डिकेटधारीहरुले पछिल्लो समय आंशिक रुपमा मलेसिया रोजगार खुलेसँगै सिन्डिकेट भित्रकै मेडिकलबाट कामदारहरुको मेडिकल गराउन पर्ने भ्रम छर्न भ्रामक सूचना समेत दिएका छन ।
सम्बन्धित पक्षले केही महिना पहिले नै नवीकरण भएको एफडब्लुसीएमएसलाई हालसालै नवीकरण भएजस्तो गरि समय अनुकुल प्रचार गरेर पुन: मेडिकल आफ्नै मेडिकलहरुमा मात्र गर्नुपर्ने भ्रम छर्न कोसिस गरेको पाइएको छ ।
पछिल्लो पटक मलेसियाले मेडिकल जहाँबाट गरेपनि हुने स्पष्ट जानकारी सम्बन्धित पक्षलाई परिपत्र गरि जानकारी गराईसकेको छ । जसमा स्पष्ट जुनसुकै स्रोत देशका जुनसुकै मेडिकलहरुले मलेसिया रोजगारको लागि मेडिकल गर्न पाउने उल्लेख गरिएको छ ।
यहि जानकारी मेनपावर व्यवसायी र मेडिकल व्यवसायीहरुलाई नभएको फाइदा उठाएर सिन्डिकेट पक्षले एकाएक एफडब्लुसीएमएसको नवीकरणको विषयलाई मिडिया मार्फत ट्रायल गराएको मेडिकल व्यवसायीहरुको आरोप छ ।
सिन्डिकेट पक्षले एफडब्लुसिएमएस नवीकरण भएसँगै स्वत: सिन्डिकेट भित्रका मेडिकल समेतले निरन्तर सिन्डिकेट जारी राख्न भ्रम छर्न यस्तो ट्रायल गरेको बुझिएको छ ।
मलेसिया रोजगारको मेडिकल रोजगारदाताले गरिदिने दावी गरिएपनि यसको भार कामदारलाईनै पर्ने गरेको विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय भने मौन छ ।
त्यसो त मलेसिया रोजगारको नाममा मेडिकल जति नेपाली कामदारहरुले गरेका छन् त्यसै अनुसार कुन-कुन रोजगारदाताले यसबापत सम्बन्धित मेडिकल संस्थाहरुलाई पैसा तिरेका छन् भन्ने छानबीन हुने हो भने यो बेथितिले कति नेपाली कामदार मारमा परेका रहेछन् भन्ने प्रस्ट थाहा हुन्छ ।
यता नेपालका सम्बन्धित पक्ष भने यस्ता हिसावकितावमा मौन बसिदिए बापत पाइने स्वार्थमै रमाईरहेका छन् । मेडिकल गरेको रकम रोजगारदाताले कामदारलाई सोधभर्ना गर्नुपर्ने भनिएपनि अधिकांश कामदारले सोधभर्ना पाउदैनन् । यो भनाईमा मात्रै सिमित रहेको श्रम मन्त्रालयलाई प्रस्ट जानकारी भएपनी मन्त्रालय मौन बसेको छ ।
साथै एकै कामदारको पटक-पटक मेडिकल गराएर अशुली भएको कहिँ-कतै हिसाव छैन । अझ मुख्य बेथिति के छ भने सिन्डिकेट भित्र काम गर्दा प्रति कामदारबाट नौ हजार ८०० उठाईए पनि करिव तीन हजार ३०० मलेसिया पठाउन भन्दै कटौती हुन्छ भने तीन हजार सेटिङमा खर्च हुने भन्दै खड्काले नै मेडिकलबाट उठाउने गरेका छन ।
यो मेडिकल ब्यावसायीहरु खुलस्त नै बताउछन । बाँकी तीन हजार ५०० मात्र मेडिकल व्यवसायीले पाउने गरेका छन । सेटिङको लागि भन्दै लगिने तीन हजारले बेथिति चुपचाप हेरेर मौन बस्ने निकायदेखि सम्बन्धितहरुलाई बाडिने गरिएको आरोप छ ।
पछिल्लो समय मलेसिया रोजगारको मेडिकलमा सिन्डिकेट गर्दै आएको नेपाल स्वास्थ्य व्यवसायी महासंघको मलेसियासङ्ग भएको एग्रीमेन्ट गत मे महिनामै सकिएपछी उक्त सम्झौता पुन: नविकरण भएको छैन ।
सिन्डिकेट पक्षले पटक-पटक सम्झौता नवीकरणको प्रयास गरेपनि सफल भएको छैन । पुन: सिन्डिकेटको सफलता नमिलेपछि मलेसिया देखि श्रम मन्त्रालय धाउने, मिडिया ट्रायल गर्ने क्रम बढेको छ ।
मलेसिया स्थित बेस्टिनेट एसडिएन बिएचडिसँगको सम्झौता तोडिएसंगै मलेसिया रोजगारमा जुनकुनै वैदेशिक रोजगारको मेडिकलको लागि अनुमति पाएका मेडिकल संस्थाहरुबाट मेडिकल गर्न पाईनेछ ।
मलेसियाले एफडब्लुसिएमएससङ्ग गरेको एग्रीमेन्टमा ३ वटा बुदाहरुमात्रै समावेस गरिएका छन जस्मा मेडिकलको बारेमा एक शब्द पनि उल्लेख गरिएको छैन ।
मलेसियाले एफडब्लुसिएमएसलाई दिएको जिम्मेवारीमा विदेशी कामदारको प्रथम वर्षको वर्क परमिट रिनोअल गर्ने,भिसा रिफ्रेन्स गर्ने र वर्क परमिट रिनोवल गर्ने रहेको छ । तर खड्का र उनको टिमले एफडब्लुसिएमएससङ्ग भएको एग्रीमेन्टलाई नै मेडिकल सिन्डिकेट भएको भ्रम छर्दै सरकारी निकाय र ब्याबसायीहरुलाई दोधारमा पार्न सफल भएका छन ।
बैरो संघका अध्यक्ष राजेन्द्र भन्डारीले मलेसियाको उक्त सिन्डिकेट तोड्ने कदम स्वागतयोग्य भएको बताए । उनले यस्ले कामदारको लागत घट्ने बताए । उनले कुनै पनि सिन्डिकेट बैरो संघलाई मान्य नभएको पनि उनले बताए ।
मलेसियाले सिन्डिकेट तोड्ने भनेपछि मलेसिया गएर नेपाल पुगेका खड्काले
नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औं साधारणसभा गत सोमबार आयोजना गरेर शक्ति पदर्शनसमेत गरेका थिए ।
बिबादित संस्था नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औं साधारणसभामा श्रम तथा रोजगार मन्त्री सरद सिंह भन्डारी,मुख्यसचिव एकनारायण अर्याल,मलेसिया दूतावासका पदाधिकारी लगाएत लाई अतिथी बोलाएर खड्का ले सिन्डिकेटलाई निरन्तरता दिन पहल र दवाव दिएका थिए ।
तर मलेसिया सरकारले नै सिन्डिकेट तोड्ने निर्णय गरेकोले खड्काले नेपालमा जे गर्दा पनि सिन्डिकेट लागू गर्न नसक्ने मेनपावर र मेडिकल ब्याबसायीहरु नै बताउछन । तर, मलेसिया सरकारले कुनै पनि सिन्डिकेट आफुहरुलाई मान्य नभएको बताएपछि मलेसियाको नाममा लादिएको सिन्डिकेट तोडिएको छ ।
यसबारेमा मेनपावर ब्याबसायीहरु र मेडिकल ब्याबसायीहरु प्रष्ट भएपनि खड्का भने जुनै पनि अवस्थामा सिन्डिकेट लाद्न तल्लिन छन ।
खड्का मेडिकलमा पुन सिन्डिकेट यथावत राख्न अझै पनि सक्रिय रहेका छन । उनले सिन्डिकेट यथावत राख्न आफ्नो दुईवटा मेडिकल र संघका आफुलाई साथ दिने दुई नेताको २ मेडिकल छाडेर ३२ वटा मेडिकलबाट शुरुमा ६०/६० लाख उठाएर १९ करोड २० लाख हुन्डीमार्फत मलेसियामा पठाएका थिए ।
उक्त रकमले पनि सिन्डिकेट यथावत राख्न नसकेपछि केही हप्तापहिले खड्काले सिन्डिकेटवाला ३२ मेडिकलसङ्ग पुन एक एक करोड उठाएर हुन्डीमार्फत नै ३२ करोड मलेसियामा पठाएको केही मेडिकल ब्यावसायीले नाम नलेख्ने शर्तमा हामीलाई बताए ।
ब्यवसायीसँग करोडौं पैसा उठाएर गत हप्ता खड्का आफै मलेसिया पुगेका थिए । खड्काले उक्त रकम सिन्डिकेट यथावत राख्न बेस्टिनेटका संचालक अमिनलाई बुझाएको मेडिकल ब्यावसायीलाई बताएको हाम्रो सम्पर्कमा आएका ती ब्याबसायीले बताए ।
उनले खड्काबाट सबैभन्दा धेरै आफुहरु नै पिडित भएको बताए । उता मलेसिया सरकारले कुनै पनि सिन्डिकेट आफुहरुलाई मान्य नभएको बताएपछि मलेसियाको नाममा लादिएको सिन्डिकेट तोडिएको छ भने खड्का र सिन्डिकेट मेडिकलहरुमा खटपट शुरु भएको छ ।