CG Electronics
Ncell NPL
NIMB

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भारत मोविलिटीमा सहभागी हुने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भारत मोविलिटीमा सहभागी हुने भएको छ । बिहिबार भारत मोविलिटीका सन्दर्भमा नेपालस्थित भारतिय दुतावासका प्रमुख बाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु विच काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपश्चात यस्तो जानकारी दिइएको हो ।

सो अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ्ग एक्सपोर्ट प्रमोशन काउन्सील अफ इण्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सीयाम)का तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरी विच रोड्स शो अन भारत मोविलिटी ग्लोवल एक्सपो को सम्बन्धमा विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोवाइल क्षेत्रका विविध पक्षहरुका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोवाइल क्षेत्रको प्रवद्र्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए । यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चस (सीयाम)े को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्धारिका र ग्रेटर नोइदामा भारत मोविलिटी अन्तर्गत अटो एक्सपो—दि मोटर शो २०२५ हुन लागेको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समितिका सदस्यद्धय श्री कपिल शिवाकाटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दिपेन्द्रकुमार मिश्रा, मेघराज पौडेल, निलमणी पाठक, अभिक ज्योती, दिपकराज गिरी, नविनकुमार पारख र नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

 

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने

ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २१:४३

  काठमाडौं, नेपाल – १५ अप्रिल २०२६ – नेपालमा फोटोन...

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना

एलआरआर मोटर्सद्वारा काठमाडौँस्थित शोरुममा “जिली EX5 सुपर...

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:१६

  काठमाडौँ । जिली EX5 म्याक्स तथा प्रो विद्युतीय सवारी...

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६ र VECV अन्तर्राष्ट्रिय सेल्स प्रतियोगिता PROFORMERS सिजन ११ गरी दुई ठाउँमा जित

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता- EMTECH २०२६...

वि.सं.२०८३ वैशाख २ बुधवार २३:३७

  काठमाडौँ, अप्रिल १५, २०२६- नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उल्लेखनीय दोहोरो...

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५ पहिलो स्थानमा

जेडी पावर २०२६ गुणस्तर जाँचमा दिपल एस०५...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:५७

दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा सार्वजनिक, मूल्य र विशेषता सार्वजनिक

रोयल इन्फिल्डको २०२६ गोवन क्लासिक ३५० नेपालमा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:०४

काठमाडौं । Royal Enfieldको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले...