ntc.net.np
Ncell NPL
NIMB

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको “रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर” – पुरानों फेसियल हाउसले आफ्नो १७औं बार्षिकोत्सब यसपाली पनि फरक ढंगले मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरले आफ्नो १७ औं बार्षिकोत्सवको अवसर पारेर गोंगबू आवासमा अवस्थित मानवसेवा आश्रमका ५३ जना अनाथ लक्ष्मीनारायण र साना बालबालिकाहरुको लागि १७औं बार्षिकोत्सवको केक काटेर न्यानो कपडा बितरण र बिहानीको मिष्ठान्न भोजन खुवाएर मनायो भनें आफ्ना सबै स्टाफ र परिवारका सदस्य , शुभेक्च्छुकका साथ दिउंसो गोंगबू स्थित बिजी व्चांक्यूटमा चलचित्र बिकासबोर्डका अध्यक्ष बरिष्ट कलाकार दिनेश डिसि ज्यूको प्रमुख आतिथ्यतामा दियो बालेर कार्यक्रम संचालन गर्दै १७ बर्षदेखि नै निरन्तर साथ सपोर्ट दिंदै सफलताको शिखरमा पुर्याउने २ जना प्रोफेसनल व्यूटिसियनहरू नुतन गिरि र चन्दा घिसिड०, फोटो पत्रकार संचारकर्मी बद्रि थापा लाई बिशेष सम्मान गरियो, लामो समयदेखि सेवारत बिभिन्न शाखामा अहोरात्र सेवा गर्नें व्यवस्थापक, हेयर डिजाईनर, मेकअप आर्टिष्ट र व्यूटिसियनहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्नुका साथै केक काटेर र दिवा भोजको आयोजना गरि भव्य रुपमा मनायो।

सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले बिगत १७ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौँ मल सुन्धराको पहिलो तल्ला पसल नं. -११२ र चौंथो तल्ला पसल नं -४०१, बिजी मल,गोंगबू चौंथोतल्ला पसल नं F0-2 र बुद्धमल, माछापोखरी,बालाजु पहिलो तल्ला सहित चारवटा शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । देशको चरम आर्थिक मन्दीले गर्दा ब्यापार व्यवसायमा प्रतक्ष्य असर पारिरहेकोमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७औं बार्षिकोत्सवलाई अशक्त,असाहय पिडित तथा अनाथ आश्रममा सहयोग तथा मेहनेती उत्कृष्ट कर्मचारीलाई पुरस्कृत र सम्मान गर्दै मनाईएको संरक्षक श्रेष्ठ बताउछन्। उक्त अवसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै हाल ६५ जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र हजारौंलाई शिपमुलक तालिम दिईएको , आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्धतिद्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिश्वास माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दा सत्रौं (१७) बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा संरक्षक प्रकाश कुमार श्रेष्ठले उक्त अवसरमा बताए।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवी सौन्दर्यकर्मीहरुबाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यवस्था साथै तालिम पनि दिदैं आईरहेको छ । सम्पूर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेशल डिजाइनमा हेयर कटिङ्ग, हेयर कलरिंड०, हेयर नानो प्लाष्टिया, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष बरिष्ट ब्यूटिसियन रश्मिला श्रेष्ठले जानकारी दिइन्।

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको...

वि.सं.२०८२ चैत २९ आइतवार १३:५६

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान...

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ :सभामुख अर्याल

कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा...

वि.सं.२०८२ चैत २९ आइतवार १३:३१

  काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र...

एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति...

वि.सं.२०८२ चैत २८ शनिवार २०:०९

  काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा...

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः आर्थिक वृद्धिदर २.७ प्रतिशतमा खुम्चिँदै

अर्थतन्त्रमा ‘जेन–जी’ आन्दोलन र बाह्य द्वन्द्वको असरः...

वि.सं.२०८२ चैत २८ शनिवार १९:२१

  काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो समय आन्तरिक राजनीतिक हलचल...

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने...

वि.सं.२०८२ चैत २७ शुक्रवार २१:१०

  एजेन्सी । हालै घोषणा गरिएको दुई हप्ताको युद्धविरामपछि मध्यपूर्वमा...

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण...

वि.सं.२०८२ चैत २७ शुक्रवार २०:५२

काठमाडौं । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि बुधबार एक...