CG Electronics
IME Life
NIMB

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

NIMB
Himalayan Bank

 

काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियो मार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरी पनि शाओमीको समाजको हितप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।

यो सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको महत्व तथा सडक सुरक्षाको बेवास्ता गर्दा हुने गम्भीर परिणामहरूलाई विशेष जोड दिएको छ ।

भिडियोमा नेपालमा हुने सडक दुर्घटनाका मुख्य कारणहरू जस्तै तीव्र गतिमा सवारी चलाउनु, मद्यपान गरेर सवारी हाँक्नु, गलत ठाउँमा बाटो काट्नु, ओभरहेड पुल प्रयोग नगर्नु र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नुलाई सम्बोधन गरेका छ । अभियानको मूल उद्देश्य भनेको जिम्मेवार भएर सवारी चलाउने अभ्यासलाई प्रवर्धन गर्नुका साथै सडक दुर्घटना र यसबाट हुने मृत्यु दर कम गर्नु रहेको कम्पनीले बताएको छ ।

यस अभियानको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भन्नुभयो, “शाओमीको लक्ष्य व्यापार मात्र नभई समुदायहरूको सुरक्षा र कल्याणमा योगदान पु¥याउनु पनि हो । ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो ट्राफिक सचेतना अभियान नेपालका सडकलाई सबैका निम्ती सुरक्षित बनाउने हाम्रो प्रयास हो ।”
शाओमी नेपाल र नेपाल ट्राफिक प्रहरीबीचको यो सहकार्यले सडक सुरक्षा र ट्राफिक नियमहरूको पालनाको महत्वबारे सर्वसाधारणलाई सचेत बनाउनुका साथै सडकलाई सुरक्षित बनाउन मद्दत पु¥याउनेछ ।

सामाजिक उत्तरदायित्वप्रति समर्पित व्यापारिक संस्था भएकाले शाओमी नेपाल स्थानीय समुदायहरूको जीवनमा सुधार ल्याउन विभिन्न अभियानहरूमा नियमित रूपमा सहभागी हुँदै आएको छ । यस अभियानले शाओमी नेपालले भविष्यमा पनि नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता दर्शाएको छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...