Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

 

काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियो मार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरी पनि शाओमीको समाजको हितप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।

यो सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको महत्व तथा सडक सुरक्षाको बेवास्ता गर्दा हुने गम्भीर परिणामहरूलाई विशेष जोड दिएको छ ।

भिडियोमा नेपालमा हुने सडक दुर्घटनाका मुख्य कारणहरू जस्तै तीव्र गतिमा सवारी चलाउनु, मद्यपान गरेर सवारी हाँक्नु, गलत ठाउँमा बाटो काट्नु, ओभरहेड पुल प्रयोग नगर्नु र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नुलाई सम्बोधन गरेका छ । अभियानको मूल उद्देश्य भनेको जिम्मेवार भएर सवारी चलाउने अभ्यासलाई प्रवर्धन गर्नुका साथै सडक दुर्घटना र यसबाट हुने मृत्यु दर कम गर्नु रहेको कम्पनीले बताएको छ ।

यस अभियानको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भन्नुभयो, “शाओमीको लक्ष्य व्यापार मात्र नभई समुदायहरूको सुरक्षा र कल्याणमा योगदान पु¥याउनु पनि हो । ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो ट्राफिक सचेतना अभियान नेपालका सडकलाई सबैका निम्ती सुरक्षित बनाउने हाम्रो प्रयास हो ।”
शाओमी नेपाल र नेपाल ट्राफिक प्रहरीबीचको यो सहकार्यले सडक सुरक्षा र ट्राफिक नियमहरूको पालनाको महत्वबारे सर्वसाधारणलाई सचेत बनाउनुका साथै सडकलाई सुरक्षित बनाउन मद्दत पु¥याउनेछ ।

सामाजिक उत्तरदायित्वप्रति समर्पित व्यापारिक संस्था भएकाले शाओमी नेपाल स्थानीय समुदायहरूको जीवनमा सुधार ल्याउन विभिन्न अभियानहरूमा नियमित रूपमा सहभागी हुँदै आएको छ । यस अभियानले शाओमी नेपालले भविष्यमा पनि नेपाली समुदायको हितमा काम गर्ने प्रतिबद्धता दर्शाएको छ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...