Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इटा उद्योगका मजदुर भन्छन् : पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ

 

काठमाडौं । काठमाडौं उपत्याका भित्रका इटा उद्योगहरुमा इटा निर्माणको काम सुरु भएको छ । यही माघ १ गतेदेखि भट्टाहरुमा इटा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ ।

इटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन् । तर जोखिमपूर्ण मानिने इटा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन् ।

जीवन गुजारा चलाउन उद्योगहरु राम्रो भएपनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन् ।
काभ्रेबाट आएका शिवबहादुर तामाङ ६ बर्षदेखि इटा बनाउँदै आएपनि पारिश्रमिकमा सन्तुष्ट हुन नसकेको बताए । ‘मैंले इटा बनाउन थालेको ६ वर्ष भयो । पहिला र अहिले काममा धेरै भिन्नता आइसकेको छ ।

पहिला आफंैले माटो मुछेर काम गर्नुपर्ने थियो, धेरै दुःख हुन्थ्यो । अहिले मेसिनहरुका कारण केही सहज भएको छ,’उनले भने,‘तर इटा बनाउन जति दुःख छ त्यति पारिश्रमिक छैन् । हजारवटा इट्टा बनाएको १२ सय ५० आउँछ । दिनमा दुई हजारदेखि २५ सय इट्टा बनाउन सकिन्छ । विहान २ बजेदेखि रातको ११ बजेसम्म खट्छु तर पारिश्रमिक दुःख गरेअनुसार छैन् ।’

 

शिव बहादुरका अनुसार रासनपानी खानका लागि दश दिनलाई हप्ता मानेर दुई हजारदेखि चार हजारसम्म दिइएको हुन्छ । उनले भने,‘काम गरेको पूरै पैसा काम सकिएपछि बैशाखतिर मात्र आउँछ । जति धेरै इटा बनायो, उत्ति पैसा आउँछ । डेढ लाख जति बनायो भने एकलाख ७५ हजार रुपैंयाँ आउँछ । दुई लाख बनायो भने दुई लाख ५० हजार पैसा हुन्छ । दुःख गरे अनुसार यो पैसा थोरै नै हो ।’

अन्यन्त्र रोजगारी नभएका बेला इटा बनाउने कामले आफूहरुलाई सन्तुष्टि दिएको मजदुरहरुको भनाइ छ । ‘अन्त काम छैन । सिजनका बेलामा अलिअलि भएनी कमाई हुन्छ । बालबच्चा पाल्नुपर्यो । आफूले पनि खानैपर्यो । सिजनका बेला भट्टामा आउँछु । भट्टा सिजन सकिएपछि बाहिरतिर काम खोज्नुपर्छ,’ उनले भने ।

बजारमा पाकेको इट्टाको १४ देखि १५ रुपैयाँ रहेको उनले सुनाए । इँटा व्यवसायबाट साहूहरुलाई पनि समस्या नै भएको उनको भनाइ छ । ‘हुनत साहूहरुलाई पनि धेरै गार्हो होला । जग्गाको भाडा तिर्नुपर्यो, माटो किन्नुपर्यो, इटा बनाउने र बोक्नेहरुलाई पैसा दिनैपर्यो,’ उनले भने,‘तर हाम्रो श्रम अनुसारको पारिश्रमिक न्यून हो । कम्तिमा एक हजार इट्टा बनाएको १५ सय हुनुपर्ने हो तर १२ सय ५० मात्र पाएका छौं । हामीलाई घाटा छ । एक बोरा चामलको २५ सय पर्छ । सबै खाद्य सामग्री महंगो छ ।’

यता, इटा उद्योगीहरुका आफ्नैखाले समस्याहरु छन् । धेरैले रोजगारी पाएपनि व्यवसायमा धेरै समस्याहरु रहेको भक्तपुर इटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाको भनाई छ ।

‘उद्योगका कारण मजदुरहरुको अवस्था सुधारिएको छ । शिक्षाको क्षेत्रबाट बञ्चित भएका, आर्थिक स्तर कमजोर भएकाहरुलाई इटा उद्योगले रोजगारी दिलाएको छ । रोल्पा, रुकुम, सल्यान पूर्व तिरको विकट जिल्लातिरका मजदुरहरुका लागि उद्योगले आर्थिक स्तरमा सुधार ल्याएको छ,’ अध्यक्ष ह्योम्वाले भने,‘मजदुर मात्र होइन स्थानीय ठाउँकै आर्थिक स्तरमा बृद्धि भएको छ । ३० हजार कामदारले रोजगारी पाएका छन् । एक सिजनमा भक्तपुरमा मात्रै तीन करोड रुपैंयाँसम्म मजदुरहरुलाई वितरण गरेको रेकर्ड छ ।’
जति संख्यामा इँटा बनाए उत्ति नै पारिश्रमिक दिने गरेको उनले बताए । श्रीमान–श्रीमती नै मजदुरी गर्नेहरुले दिनमै ३६ सय रुपैंयाँसम्म वितरण गरेको उनले सुनाए ।

इटाको मूल्य निर्धारण इटाको गुणस्तर अनुसार हुने गरेको उनले बताए । तर इटा स्टक बस्दा व्यवसायीहरु मारमा परेको उनको भनाइ छ । ‘इँटा चारपाँच बर्षदेखि नै स्टक बसिरहेको छ । तर मजुदुरलाई दिनुपर्ने सेवा सुविधा दिनैपर्छ । दुर्घट्ना बिमा भनेर ६ महिनाको एकमुष्ठ बिमा कम्पनीलाई पैसा बुझाएका छौं । मजुदुरका छोराछोरीलाई शिशु स्याहार खोलेका छौं । मजदुरहरुलाई पहिलेको जस्तो छैन् । धेरै परिवर्तनहरु आएको छ । अहिले माटो मुस्नु पर्दैन् । खन्नु पर्दैन् । पहिले माटो खनेर खाल्डोमा गएर कुल्चेर पानी हालेर माटो मुस्न पथ्र्यो । अहिले सबै ठिक बनाएर ल्याइदिन्छौं । हिलो बनाएर इटा पार्न ठिक्क पार्दिन्छौं ।

त्यसलाई इटा बनाउने मात्र काम हो,’ उनले भने,‘परिश्रमका हिसाबले मजदुरहरुको आर्थिक अवस्थामा पनि धेरै सुधार आएको छ ।’
अध्यक्ष ह्योम्वाले इटा उद्योग सिजनल भएकाले ट्याक्समा आफूहरुलाई मार परेको बताए । उद्योगी र सरकार मिलेर जानुपर्नेमा आफूहरु मारमा परेको उनले सुनाए । तर सरकारले उद्योगमा सहजीकरण गरे मजदुरहरुको समस्या समाधान गर्न कठिन नहुने उनले बताए ।

 

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...