महालक्ष्मी विकास बैंकद्वारा कर्णालीका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Tuesday Dec 31, 2024
वि.सं.२०८१ पुस १६ मंगलवार २२:०४

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका १० जिल्लाका जेहेन्दार र आर्थिक रुपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। बैंकले सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) पास गरी काठमाडौं उपत्यकामा प्लस टु अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्ति दिएको हो।
यो कार्यक्रम कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। यस पहलले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले हालै “महालक्ष्मी स्मार्ट साथी” मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ, जसले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।
महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, र वातावरण संरक्षण लगायतका क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ।