Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे क्लवबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा बुधवार इप्पान अध्यक्ष गणेश कार्की र पीजे क्लवका अध्यक्ष द्वारिका प्रसाद काफ्लेबीच सम्झौतापत्र आदान प्रदान भएको छ ।

इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आवद्ध ऊर्जा उत्पादक कम्पनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पीजे क्लवका अध्यक्ष द्वारिका काफ्लेले बताए । जस अनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरुले पठाएको फोटोलाई पीजे क्लव र इप्पानका प्रतिनिधि सहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरि प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्वीरहरुबाट उत्कृष्ट प्रथम, द्धित्तिय र तृतिय हुने तस्वीरलाई क्रमश :३०,२० र १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिनेछ ।

अर्कोतर्फ पीजे क्लवकै अगुवाइमा इप्पानमा आवद्ध सदस्य कम्पनीहरुले प्रवर्द्धन गरेका आयोजनाहरुको तस्वीर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लवले संकलन गरेका तस्वीरहरु प्रदर्शनीमा राखिएपनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्वीरहरु इप्पानको सम्पत्ती मात्रै हुनेछन् ।

सम्झौतापत्र आदान प्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पीजे क्लवबाट अध्यक्ष काफ्लेसहित महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो ।

फोटो प्रतियोगितामा भाग लिनको लागि यहि पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरु पठाइसक्नुपर्ने छ । त्यस्तै रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियो/वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकोले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसको लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्ने छ ।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...