CG Electronics
IME Life
NIMB

इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पीजे क्लवसँगको सहकार्यमा बृहत फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे क्लवबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा बुधवार इप्पान अध्यक्ष गणेश कार्की र पीजे क्लवका अध्यक्ष द्वारिका प्रसाद काफ्लेबीच सम्झौतापत्र आदान प्रदान भएको छ ।

इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आवद्ध ऊर्जा उत्पादक कम्पनीहरुले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पीजे क्लवका अध्यक्ष द्वारिका काफ्लेले बताए । जस अनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरुले पठाएको फोटोलाई पीजे क्लव र इप्पानका प्रतिनिधि सहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरि प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्वीरहरुबाट उत्कृष्ट प्रथम, द्धित्तिय र तृतिय हुने तस्वीरलाई क्रमश :३०,२० र १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिनेछ ।

अर्कोतर्फ पीजे क्लवकै अगुवाइमा इप्पानमा आवद्ध सदस्य कम्पनीहरुले प्रवर्द्धन गरेका आयोजनाहरुको तस्वीर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लवले संकलन गरेका तस्वीरहरु प्रदर्शनीमा राखिएपनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्वीरहरु इप्पानको सम्पत्ती मात्रै हुनेछन् ।

सम्झौतापत्र आदान प्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पीजे क्लवबाट अध्यक्ष काफ्लेसहित महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो ।

फोटो प्रतियोगितामा भाग लिनको लागि यहि पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरु पठाइसक्नुपर्ने छ । त्यस्तै रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियो/वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकोले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसको लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...