CG Electronics
IME Life
NIMB

आर्थिक संकट मोचनको लागि सात बुदे सहमति : उपसभापति गुरुङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मोरङ,२६ पौष । देशमा देखिएको आर्थिक संकट मोचनका लागी नेपाली काङ्ग्रेस र एमाले बीच सात बुदे सहमति भएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनु भएको छ ।

पुर्व मन्त्री समेत रहनु भएका गुरुङले नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको बिराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो “घाम ताप्न सातबुदे सहमति भएको होइन” । घाम ताप्न नभई अहिलेको संकट मोचनको लागि सात बुदे सहमति भएको भन्दै सात बुदे सहमतिमा चन्द्र ग्रहण लाग्न दिन नहुने तर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।

संविधान संसोधन पछि बाकी रहेका काम सकिने भन्दै सांसद गुरुङले संविधान संसोधनको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । रगतको खोलो बगाएर आएको प्रजातन्त्र धनको खोलाले बग्ने स्थिति बन्न नहुने तर्फ सचेत गराउदै सांसद गुरुङले त्यसको लागि संविधान संसोधन अपरिहार्य रहेको बताउनुभयो । अर्को पाटिको झण्डा बोक्दैमा कोहि दुश्मन नहुने तर्क गर्दै उहाँले नेपालीको दुश्मन गरिबी,अभाव,भ्रष्टाचार,बेथिति रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो ” हाम्रो दुश्मन बेथिति,अराजक,भ्रष्टाचार हो,फरक झण्डा बोक्ने होइन,त्यसैले एक पाटिले अर्को पाटीलाई गाली गर्नुको कुनै औचित्य छैन,हामी सबै मिलेर हाम्रो दुश्मन विरुद्ध लड्नु पर्छ ।”

प्रजातन्त्र सेनानीको अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले प्रजातन्त्रको लागि लड्दा जिब्रोमा करेन्टको सजाय भोग्नु परेका पाटी सभापति शेरबहादुर देउवा संग धेरै कुरा सिक्न सकिने तर्क राख्नुभयो । उहाँले भन्नुभयो ” प्रजातन्त्रको लागि अहोरात्र लडेकै प्रजातन्त्रको सेनानी आज पाटी सभापति हुनुहुन्छ । यो प्रजातन्त्र सेनानी संगठनको लागि गर्वको कुरा हो ।”

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...